एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !
बुधबार, मंसिर ४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले एनपीएल हेरेर घर फर्किने दर्शकहरूका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ।
विशेषगरी आफ्नै सवारी साधन नभएका महिला, वृद्धवृद्धा र अशक्त व्यक्तिहरूलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले यो सेवा उपलब्ध गराइने क्यानले जनाएको छ।
मुस्कान ट्राभल्सको सहकार्यमा सञ्चालन हुने यो सेवा बुधबारदेखि खेल सकिने समयपछि बेलुका ६ बजेदेखि ८ बजेसम्म चल्नेछ।
तल्लो टियू गेट र ल्याब स्कूलको अगाडिबाट छुट्ने यो निःशुल्क बस विभिन्न स्थानतर्फ सञ्चालन हुनेछ। स्वयम्भू, बालाजु, महाराजगञ्ज, बल्खु, कालिमाटी, थापाथली, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, सातदोबाटो र कोटेश्वरजस्ता मुख्य मार्ग हुँदै बसहरू यात्रुहरूलाई लैजाने व्यवस्था गरिएको छ।








-1763473683107.jpeg&w=3840&q=75)



