बिहिबार, मंसिर ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एनपीएलमा सट्टेबाजी मौलाउँदै

बिहिबार, मंसिर ५, २०८२खेलपाटी संवाददाता
एनपीएलमा सट्टेबाजी मौलाउँदै
Classic Tech Internet Ad

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण सुरु भएको एक साता नहुँदै सट्टेबाजीसँग जोडिएका गतिविधि सतहमा आउन थालेका छन्।

खेलाडीलाई आर्थिक प्रलोभन देखाइ खेलको नतिजामा प्रभाव पार्ने उद्देश्यका साथ दुई व्यक्तिले गरेको कोशिशपछि प्रहरी नियन्त्रणमा लिएको छ। यसले यसपटकको लिगमा बेटिङको जोखिम झनै गम्भीर तरिकाले मौलाउँदै गएको स्पष्ट पार्छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शंका लाग्दो गतिविधि देखिएको जानकारी प्रहरीलाई दिएपछि विशेष निगरानी थालेको थियो। यही क्रममा मंगलबार लाजिम्पाट क्षेत्रबाट भारतको हरियाणा निवासी २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई हाल चण्डिगढ बस्ने २४ वर्षीया रेविका सिंहठकुरी पक्राउ प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले ह्वाट्सएप र इन्स्टाग्राममार्फत खेलाडीहरूलाई ‘स्पोन्सर गर्छौं’ भन्ने खेलमा निर्धारित ढंगले प्रदर्शन गराएवापत रकम उपलब्ध गराउने प्रस्ताव गरेका थिए।

प्रारम्भिक अनुसन्धानमा उनीहरूको उद्देश्य खेलाडीलाई प्रभावित पारेर एनपीएलको खेलमा अनधिकृत रूपमा सट्टेबाजीका नतिजा मिलाइदिने रहेको पुष्टि भएको हो।

अन्तर्राष्ट्रिय स्तरका युवा क्रिकेटर सम्मिलित यस प्रतियोगितामा यसरी सिधै खेलाडीलाई लक्ष्य बनाएर गरिएको प्रयासले लिगको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकामाथि सट्टेबाजी प्रवर्द्धन तथा खेलमा अनधिकृत प्रभाव पार्ने प्रयाससम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको छ।

२७ मंसिरसम्म चल्ने एनपीएलमा सरोगेट विज्ञापनदेखि प्रत्यक्ष प्रलोभनमार्फत खेल बिगार्ने जोखिम बढ्दै जाँदा यसपटकको संस्करणलाई सबैभन्दा संवेदनशील मान्नुपर्ने अवस्था आएको विश्लेषकहरूको टिप्पणी छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

Bajaj Pulsar Motorcycle Ad
नयाँ यात्रा भर्सेस पुरानो तथ्यको टक्कर !

नयाँ यात्रा भर्सेस पुरानो तथ्यको टक्कर !

एनपीएलमा सट्टेबाजी मौलाउँदै

एनपीएलमा सट्टेबाजी मौलाउँदै

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

फिफा वरीयतामा बंगलादेशले नेपाललाई उछिन्यो

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

महिला कबड्डी विश्वकपमा नेपाल पराजित

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

सिद्धार्थ इन्टर स्कुल फुटबल प्रतियोगिताको फाइनलमा

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

दावाले अष्ट्रेलियामा हुने अल्ट्रा-ट्रेल रन खेल्ने

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !

एनपीएल हेर्न जाने दर्शकलाई नि:शुल्क बस !