बेल्जियमको प्रचण्ड जित
-1763515978900.webp&w=3840&q=75)
काठमाडौं। युरोपियन छनोटको अन्तिम दिन बेल्जियमले लिक्टेनस्टाइनलाई ७–० को एकतर्फी जित निकाल्दै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।
बेल्जियम र स्विजरल्यान्ड दुवैले मंगलबार विश्वकप टिकट सुरक्षित गरेसँगै युरोपमा बाँकी पाँच स्वतः स्थान सकिएको छ।
समूह ‘जे’ को शीर्ष स्थान हासिल गर्न बेल्जियमले जित आवश्यक थियो। लिक्टेनस्टाइनमाथि प्रचण्ड जित निकाल्दै बेल्जियमले लगातार चौथो विश्वकप यात्रा सुनिश्चित गर्यो।
चार्ल्स डे किटेलाएर र जेरेमी डोकु दुवैले दुई–दुई गोल गर्दै घरेलु टोलीलाई जित दिलाए। योसँगै बेल्जियमले ८ खेलबाट १८ अंक पुर्यायो।
उता वेल्सले दोस्रो स्थान हात पारेको छ। वेल्सले घरेलु मैदानमा नर्थ म्यासेडोनियालाई ७–१ ले पाखा लगायो। वेल्सको जितमा ह्यारी विल्सनले ह्याट्रिक गरे।
नर्थ म्यासेडोनियालाई मात्र बराबरी नै पर्याप्त हुने स्थिति थियो। तर, वेल्सको आक्रामक खेलका अगाडि टिक्न सकेनन्।
दुवै टोलीले पहिले नै नेसन्स लिगमार्फत प्लेअफको सुनिश्चितता गरिसकेका थिए।










-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)