महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित
सोमबार, मंसिर २, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले महिला कबड्डी विश्वकप २०२५ अन्तर्गतको पहिलो खेलमा एकतर्फी जित निकालेको छ।
सोमबार सम्पन्न खेलमा जन्जिबारलाई ५८–१६ ले पराजित गरेको हो।
खेलभर नेपालले ट्याकल र डिफेन्स दुवैमा बलियो प्रदर्शन गर्दै ४२ अंकको फराकिलो अन्तरले जित दर्ता गर्यो।














