महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा
बिहिबार, कार्तिक २८, २०८२खेलपाटी संवाददाता

काठमाडौं। अखिल नेपाल कबड्डी संघले आगामी दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ।
बंगलादेशको ढाकामा आयोजना हुने यस प्रतियोगितामा नेपालले १५ सदस्यीय टोलीसहित सहभागिता जनाउनेछ। घोषित टोलीको नेतृत्व मनमति विष्टले गर्नेछिन् भने जयन्ती बडुलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।
यी दुईबाहेक मेनुका राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, अशिका कुँवर, सृजना थारु, सृजना धनुक, मनीषा जोशी, उरुषा शाक्य, अश्मा यादव, विनिता पण्डित क्षेत्री र सञ्जु थामी पनि टोलीमा समावेश छन्।
टोलीको मुख्य प्रशिक्षकमा विष्णु दत्त भट्ट रहेका छन् भने हरिना थापा सहायक प्रशिक्षकका रूपमा रहनेछिन्। टोलीको व्यवस्थापन जिम्मेवारी शरद दर्शन धारिले सम्हाल्नेछन्।
संघका अनुसार टोली अहिले अन्तिम तयारीको चरणमा छ।











-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)


