दशौंको छलफल गर्न मुख्यमन्त्रीले दिएनन् समय
-1762154705887.png&w=3840&q=75)
काठमाडौं। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको आग्रहलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अस्वीकार गरेका छन्।
कर्णाली प्रदेशमा गत वर्ष आयोजना गर्ने घोषणा गरिएको दशौं राष्ट्रिय खेलकुदको विषयमा छलफल गर्न नवनियुक्त खेलकुदमन्त्री गुप्ताले सोमबार बिहान कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री कँडेललाई फोन गरेर भेटघाट गर्न समय मागेका थिए।
मुख्यमन्त्री कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता बिस्तारै गरौंला भन्दै भेटघाटको समय दिन अस्वीकार गरेका छन्। खेलकुदमन्त्रीको रूपमा आएका गुप्ताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनालाई पहिलो प्राथमिकतामा राखेका छन्।
सोही अनुसार उनले दशौंको राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा निर्णय गर्न आफ्नो पहिलो राखेपको बोर्ड बैठक बोलाएका छन्। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेलको आगमनसँगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना ओझेलमा परेको छ।
विभिन्न अड्को थापेर गत वर्षसमेत दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकारले असहयोग गरेको आरोप छ। यस वर्षसमेत प्रदेशको उदासीनताका कारण दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना संकटमा परेको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजना गर्ने भन्दै कर्णाली प्रदेशले २०७९ सालमा पोखरामा आयोजनाको झन्डा बोकेको थियो। सोही अनुसार झन्डै ३ अर्ब बढी लगानी गरेर प्रदेश सरकारले खेलकुद पूर्वाधारको निर्माण गरेको छ। तर, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो नलाग्दा खेलकुद पूर्वाधार सञ्चालनमा आउन सकेको छैन।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजक प्रदेशको खेलकुदको नेतृत्व विगत लामो समयदेखि नेतृत्वविहीन अवस्थामा छ। प्रदेश खेलकुदको नेतृत्व खोलिराखेर प्रदेश सरकारले दशौं मात्र नभएर सिंगो प्रदेशको खेलकुद विकासमा उदासीनता देखाएको कर्णालीकै खेलकुदकर्मीहरू बताउँछन्।







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)



-1762169166191.jpg&w=3840&q=75)
-1762161953662.webp&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)