शुक्रबार, ०१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार

शुक्रबार, १४ कार्तिक २०८२खेलपाटी संवाददाता
एनकेएलले गर्यो जेन्जी आन्दोलनमा ध्वस्त ५ प्रहरी कार्यालय मर्मतसम्भार
Loading ad...
mustang rice ad

काठमाडौं । नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम एनकेएल (नेपाल कबड्डी लिग) ले जेन्जी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय मर्मतसंभार गरिदिएको छ।

व्यवसायिक घराना बेगानी ग्रुपको स्वामित्वमा रहेको केबी साम एनकेएलले राजनीतिक परिवर्तनपछि देशलाई फेरि गति दिने प्रयासमा सामाजिक उत्तरदायित्वअन्तर्गत् काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीपोखरीस्थित भवन, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गी खाना), कीर्तिपुर प्रहरी कार्यालय, जनकपुरस्थित ट्रफिक प्रहरी मुख्यालय र प्रहरी कार्यालय मर्मतसंभार गरेको हो। ती कार्यालयमा पूर्ण रुपमा नयाँ आल्मुनियमको सिसासहित झ्याल १५० वटा, ढोका १३, उपत्यका ट्राफिकमा महिला प्रहरी बस्ने पूरा भवन बनाइदिएको हो।

केबी साम एनकेएलका प्रमुख अमिकतकुमार बेगानीले भने, ‘एनकेएलमा अधिकांश खेलाडी प्रहरीमा आबद्ध छन् । जेन्जी आन्दोलनमा उनीहरू कठिन परिस्थितिबाट गुज्रिएका थिए । काठमाडौंसहित धेरै सहरका प्रहरी कार्यालय ध्वस्त भएको थियो । त्यसमध्ये हाम्रा खेलाडी र सुरक्षाको प्रत्याभूति गर्ने प्रहरीको मनोबल बृद्धि गर्दै जीवनशैलीलाई सहज बनाउने प्रयासस्वरुप ८० लाख रुपिया लागतमा पाँच कार्यालय मर्मतसंभार गरेका छौं । देश निर्माणमा खेलकुदसँगै कर्पोरेट हाउसलाई जोड्न पाउँदा खुशी छौं । सहकार्यका लागि नेपाल प्रहरीलाई धन्यवाद दिन चाहान्छौं ।’

जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले केबी साम एनकेएलको तारिफ गर्दै भने, ‘जेन्जी आन्दोलनमा क्षति भएका प्रहरी कार्यालहरू सरकार आफैले पनि तत्कालै पुननिर्माण गर्न संभव नदेखिएको परिस्थितिमा अग्रसरता लिएर बनाइदिएकोमा बेगानी ग्रुपप्रति आभारी छु ।’ केबी साम एनकेएलले जनकपर र भक्तपुरमा १५–१५ तथा कीर्तिपुरमा ३ वटा ट्राफिक अइल्यान्ड पनि निर्माण गरिदिने जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले भने, ‘घरमै दशैं, तिहार, छठ पर्व मनाइरहेको अवस्थामा हाम्रा कार्यालय फेरि बस्नलायक बनाइदिनुभएकोमा बेगानी ग्रुपलाई धेरैधेरै धन्यवाद । यस्तै किसिमको सहयोग र सहकार्यले नेपाल प्रहरीको ‘समुदाय प्रहरी साझेदारी’जस्ता अभियान चरितार्थ भएको छ ।’

बेगानी ग्रुपको आल्मुनियम उत्पादन केबी साम हो । बेगानी ग्रुपकै एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघसँग १० वर्षे सम्झौता गरी गत वर्ष ६ सहरका ६ टिमलाई त्रिपुरश्वरस्थित कभर्ड हलमा उतार्दै एनकेएलको पहिलो संस्करण भव्य रुपमा आयोजना गरेको थियो । अहिले दोस्रो संस्करणको तयारी भइरहेको छ । दोस्रो सिजनको केबी साम एनकेएलको लागि ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन्, जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो । पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् । सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।नन्

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

‘सी’ डिभिजनका ९ वटा क्लबले पाए मताधिकार

पराग अब राजस्थानको कप्तान

पराग अब राजस्थानको कप्तान

नेपाललाई पहिलो खेलमै पराजित

नेपाललाई पहिलो खेलमै पराजित

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

टुचेल सन् २०२८ सम्म इङ्ग्ल्यान्डको मुख्य प्रशिक्षक रहने

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार