दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक
बुधबार, १२ कार्तिक २०८२खेलपाटी संवाददाता
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)
काठमाडौं। नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार सम्हालेलगत्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक बोलाएका छन्।
मन्त्री गुप्ताको अध्यक्षतामा हुने यो १२३औं बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनासम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ।
बैठक आगामी कार्तिक १९ गते (बुधबार) दिउँसो २ बजे सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बस्नेछ।
बैठकको एजेन्डा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता र विविध विषयमा छलफल गर्ने रहेको छ।














