लक्ष्मी पूजाको दिनमा त्रिवि मैदानमा फ्लडलाइटले झिलिमिली
सोमबार, ०३ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। त्रिवि क्रिकेट मैदानका चारवटा फ्लडलाइटको लाइट टेस्टिङ गरिएको छ।
विशन–ईश्वरी जेभीले आइतबार एक दिनमै दुईवटा पोल उठाएका थिए। योसँगै ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको थियो। लगत्तै सोमबार लक्ष्मी पूजाको दिन पारेर लाइट टेस्टिङ गरिएको हो।
आयोजना प्रमुख चक्रवर्ती कण्ठका अनुसार रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको छ।
मैदानको पारापिट बनाउन बीकेओआई–केसीडीसी–बीजी जेभी र फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जेभीले १९ र २२ फागुन २०८१ मा शहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए।
पारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको थियो।







%20(1)-1769779466492.jpeg&w=3840&q=75)
-1769769455928.jpeg&w=3840&q=75)




-1770007908441.webp&w=3840&q=75)
-1769997348347.webp&w=3840&q=75)
-1769996814257.webp&w=3840&q=75)
-1769996351090.webp&w=3840&q=75)
