शुक्रबार, १९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

मंगलबार, २८ आश्विन २०८२Admin User
नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। सिजन–२ का लागि ५१२ जना नेपाली खेलाडीले ड्राफ्टमा सहभागी हुन दर्ता गरेका छन्।

एनकेएलका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार पहिलो सिजनमा २७८ जना नेपाली खेलाडी मात्र दर्ता भएका थिए।

उनले भने,‘लिगप्रतिको आकर्षण र खेलाडीको उत्साह दुवैमा ठूलो वृद्धि भएको देखाएको छ।’ पहिलो सिजनको ड्राफ्टमा २७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५१२ स्वदेशी खेलाडी दर्ता भएका छन् । त्यसैले

सिजन–२ का लागि दर्ता भएका खेलाडीमध्ये बागमती प्रदेशका सबैभन्दा बढी १५५ जना छन्। त्यसपछि सुदूरपश्चिमका १०३, लुम्बिनीका ९८, मधेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ खेलाडी रहेका छन्।

गत वर्ष सम्पन्न पहिलो सिजनमा ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् ८४ खेलाडी चयन गरेका थिए, जसमा ६६ जना नेपाली थिए।

बेगानीका अनुसार विदेशी खेलाडीहरूको चासो पनि झन् बढेको छ। ‘धेरै देशका खेलाडीले एनकेएल खेल्ने इच्छा व्यक्त गरेका छन्। दोस्रो सिजनका लागि हामीले ४०–५० जना विदेशी खेलाडी लिने योजना बनाएका छौं, जसमा उच्च स्तरका खेलाडी हुनेछन्,’ उनले बताए।

पहिलो सिजनमा थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा भाग लिएका थिए। नेपालको कबड्डी इतिहासमै पहिलो पटक फ्रेन्चाइज प्रणालीमा आयोजित एनकेएलको सिजन–१ सन् २०२५ जनवरी १७ देखि ३१ सम्म भव्य रूपमा सम्पन्न भएको थियो।

विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ टिमले प्रतिस्पर्धा गरेका थिए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको रोमाञ्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्सले उपाधि जितेको थियो।

त्यस सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ मा व्यस्त छन्।

सिजन–२ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चार विधाका मनोनयन सार्वजनिक

चार विधाका मनोनयन सार्वजनिक

 रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

रोहितको क्याफेले आजको दिनभरको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

Loading ad...
xTreme Energy Drink
 नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

नेपाल ‘ए’ले पहिले बलिङ गर्ने

आर्सनल छाड्दै अल  हिलाल लागे मार्टिनेली

आर्सनल छाड्दै अल हिलाल लागे मार्टिनेली

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

अपराध गिरोहको सम्भावित निशानामा एमबाप्पे

नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

नेपाललाई सामान्य लक्ष्य

नेपाललाई सामान्य लक्ष्य

एनभीएलको विजेताले २० लाख नगद पाउने

एनभीएलको विजेताले २० लाख नगद पाउने

बायर्नको जितमा केनको २ गोल

बायर्नको जितमा केनको २ गोल

पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा