अर्जेन्टिना पुनः विजयी यात्रामा फर्कियो

काठमाडौं। दक्षिण अमेरिकाबाट सबैभन्दा पहिले विश्वकपकमा छनोट भएको अर्जेन्टिना अन्ततः पराजयपछि पुनः जितको बाटोमा फर्किएको छ।
पछिल्लो छनोट खेलमा इक्वेडरसँग हार बेहोरेको अर्जेन्टिनाले शनिबार सम्पन्न मैत्रीपूर्ण खेलमा भेनेजुएलामाथि १-० को कठिन जित हात पारेको हो।
यो खेल मियामीको हार्ड रक स्टेडियममा भएको थियो। खेलको एक मात्र र निर्णायक गोल रियल बेटिसका मिडफिल्डर जियोभानी लो सेल्सोले ३१औं मिनेटमा गरेका थिए।
खेल सुरु हुनु अघि नै लिओनल मेसीको अनुपस्थितिको चर्चा थियो। तर, उनी टोलीमै नहुनु अप्रत्याशित मानिएको थियो। एमएलएसको व्यस्त तालिकाका कारण उनले पछिल्ला २१ दिनमा इन्टर मियामीका लागि ६ खेल खेलेका थिए। थकित देखिएको भन्दै प्रशिक्षक टोलीले उनलाई विश्राम दिएका थिए।
मेसीविनाको टोली भए पनि अर्जेन्टिनाले खेलमा पूर्ण नियन्त्रण राख्यो। यद्यपि, उनीहरूले गोलको अवसरहरू सिर्जना गरे पनि फिनिशिङमा चुकिरहेका थिए।