शुक्रबार, २२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

छक्का हान्न सक्दैनन् नेपाली खेलाडी

मंगलबार, २१ आश्विन २०८२Admin User
छक्का हान्न सक्दैनन् नेपाली खेलाडी
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले पछिल्ला केही वर्षमा अन्तर्राष्ट्रिय खेलमा प्रभावशाली प्रदर्शन गर्दै आएको छ। खेलाडीहरूले रन बनाउनको क्षमता देखाए पनि ठूलो स्कोर निर्माणका लागि अत्यावश्यक पर्ने छक्का प्रहार गर्ने क्षमता अझै कमजोर देखिन्छ।

आँकडाले यसलाई स्पष्ट देखाउँछ। नेपालले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट टी–२० आईको मान्यता पाएको थियो। त्यसयता नेपाली महिला टोलीले ७८ खेल खेलेको छ, जसमा ३३ खेलाडीले डेब्यु गरेका छन्।

तर, टिमकी कप्तान इन्दु बर्मासहित जम्मा सात खेलाडीले मात्र छक्का प्रहार गर्न सकेका छन्। तीमध्ये अधिकांश सिनियर खेलाडी हुन्।

यीमध्ये सबैभन्दा सफल ब्याटर इन्दु नै हुन्। मलेसियामा जारी टी–२० आई सिरिजअन्तर्गत मंगलबार घरेलु टोलीविरुद्धको चौथो खेलमा उनले अविजित ४८ रन प्रहार गर्दै नेपाललाई ६ विकेटको जित दिलाइन्।

यस इनिङ्ससँगै इन्दु टी–२० आईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनिन्। सन् २०१९ देखि २०२५ सम्म ७० इनिङ्समा उनले कुल १,०३३ रन बनाएकी छन्। तर, ती रन बनाउँदा उनको ब्याटबाट मात्र ३ छक्का प्रहार भएको छ।

टी–२० आई छोटो र सीमित ओभरको खेल भएकाले प्रत्येक बलको महत्त्व अत्यधिक हुन्छ। यस सन्दर्भमा छक्का र चौका रनको स्रोत मानिन्छ। अर्कोतर्फ खेलको रणनीति, दबाब व्यवस्थापन र मानसिक मनोबलको सूचक पनि छक्का र चौकालाई नै मानिन्छ।

बलरले कम रन रोक्न सक्छ, तर ब्याटरले छिटो रन बनाउन सकेन भने प्रतिस्पर्धामा रहन गाह्रो हुन्छ। उदाहरणका लागि २० ओभरमा १२ छक्का प्रहार गर्दा मात्र ७२ रन थप्न सकिन्छ।

यसले टोलीलाई प्रतिस्पर्धात्मक स्कोर बनाउन सहयोग पुर्‍याउँछ। साथै, छक्का र चौकाले दर्शकलाई खेल हेर्न आकर्षित पनि गर्छ। तर, नेपाली खेलाडी यसमा निरन्तर चुकिरहेका छन्।

हालसम्म नेपाली महिला टोलीले ७८ इनिङ्समा जम्मा ४२ छक्का प्रहार गरेको छ। टोलीमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी रुविना क्षेत्री बेलबासे हुन्। कुनै खेल नगुमाएकी रुविनाले ६८ इनिङ्समा १४ छक्का प्रहार गरेकी छन्।

९३६ रन बनाउँदै उनी सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा छिन्। उनले सबैभन्दा बढी छक्का १३ फेब्रुअरी २०२४ मा एसीसी महिला प्रिमियर कप अन्तर्गत माल्दिभ्सविरुद्ध प्रहार गरेकी थिइन्। नेपालभन्दा कमजोर टोलीविरुद्ध खेल्दा अविजित ११८ रनको इनिङ्समा उनले ५ छक्का प्रहार गरिन्। तर, त्यसपछि उनले त्यस्तो प्रदर्शन दोहोर्‍याउन सकेकी छैनन्।

इन्दुपछि सबैभन्दा सफल खेलाडी सीता रानामगर हुन्। ३३ वर्ष पार गरेकी अलराउन्डर मगरले ५९ इनिङ्समा ९६५ रन बनाएकी छन्। तर, उनको नाममा मात्र ७ छक्का छ।

बरु कम रन बनाए पनि कविता जोशीले ३४ इनिङ्समा ९ छक्का प्रहार गरेर राम्रो क्षमता देखाएकी छिन्। यी खेलाडीबाहेक डोली भट्टले ४ र उपकप्तान पूजा महतोले ३ छक्का प्रहार गरेकी छन्।

क्रिकेटमा छक्का प्रहार गर्न शक्ति मात्र होइन, बललाई हेर्ने क्षमता, सही टाइमिङ र टेक्निक पनि आवश्यक पर्छ। नेपाली महिला टोलीका प्रशिक्षकले पछिल्लो समय यसमा सुधार्न विशेष अभ्यास सत्र सञ्चालन गर्दै आएका छन्।

नियमित अभ्यासले बलको उचाइ, स्ट्राइक रेट र रन निर्माणमा सुधार ल्याउनुपर्ने हो। तर, अभ्यासको नतिजा प्रतिस्पर्धात्मक खेलमा भने देखिएको छैन।

हालै मलेसिया महिला टोलीविरुद्ध खेलिएको टी–२० सिरिजमा पनि यही प्रवृत्ति देखिएको छ। खेलाडीले राम्रो रन बनाएका छन्। तर, कम छक्का प्रहारका कारण ठूलो स्कोर बनाउन सकिरहेका छैनन्।

अधिकांश रन चौकाबाट आएका छन्। इन्दुले ५ खेलको सिरिजमा नेपाललाई २–२ को स्थितिमा पुर्‍याउँदा पनि चौका प्रहार गरकी थिइन्।

यसे नेपाल महिला क्रिकेट टोली रन बनाउन सक्षम भए पनि बल प्रहारमा सुधार आवश्यक रहेको देखाउँछ। नियमित अभ्यास र रणनीतिक सुधारले मात्र टोलीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सक्छ। आगामी प्रतियोगितामा छक्का प्रहारमा सुधारले टोलीलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी