क्रिकेट टोलीले पायो भिसा
२०२५ सेप्टेम्बर २१, आइतबार

काठमाडौं। वेस्ट इन्डिजसँग संयुक्त अरब इमिरेट्स (यूएई)मा युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीले भिसा पाएको छ।
प्रतियोगिता खेल्न नेपाली टोली शुक्रबार युएई जाने कार्यक्रम तय भएको थियो। तर, युएईले भिसा दिन अस्वीकार गरेसँगै टोली अलपत्र परेको थियो। यद्यपि, आइतबार भिसा आएको क्यानले जनाएको छ। टोली सोमबार नै त्यसतर्फ प्रस्थान गर्नेछ।
तीन खेलको यो सिरिज शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म हुने तय छ।