७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन
शनिबार, असोज ४, २०८२

काठमाडौं। भेट्रान अलराउन्डर सीता रानामगरले ७ महिनापछि नेपाली टोलीमा पुनरागमन गरेकी छन्।
नेपालले २ देखि ८ अक्टोबरसम्म मलेसियासँग ५ वटा टी–२०आई खेल खेल्दैछ। उक्त खेलका लागि क्यानले शनिबार घोषणा गरेको टोलीमा उनी समेटिएकी हुन्।
सीताले अन्तिमल्ट गत फेब्रुअरीमा घरेलु मैदानमा थाइल्यान्ड र नेदरल्यान्ड्ससँग भएको सिरिज खेलेकी थिइन्। त्यसयता उनी लागेको चोटमुक्त हुने प्रयासमा थिइन्।
उनले युगान्डा सिरिजसँगै थाइल्यान्डको बैंककमा भएको आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट पनि गुमाएकी थिइन्।
सीता टी–२० आईमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी हुन्। उनले ५५ इनिङ्समा ११ मेडनसहित ७७३ रन खर्चिँदै ५८ विकेट लिएकी छन्। उनीबाहेक कुनै पनि बलरले अहिलेसम्म ५० विकेट कटाउन सकेका छैनन्।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)