नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म
शुक्रबार, असोज ३, २०८२

काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच संयुक्त अरब इमिरेट्स (युएई)मा हुने युनिटी कप टी–२० आई सिरिजका लागि टिकट बिक्री सुरु गरिएको छ।
तीन खेलको यो सिरिज शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म हुनेछ।
टिकटको मूल्य ५० दिरामदेखि ४०० दिरामसम्म तोकिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नर्थ वेस्ट स्ट्यान्ड र नर्थ इस्ट स्ट्यान्डका लागि ५० दिराम (झण्डै एक हजार ९२० रुपैयाँ) तोकिएको छ भने ईस्ट र वेस्ट स्ट्यान्ड (फ्यामिली)का लागि ६० दिराम (करिब दुई हजार ३०० रुपैयाँ) तोकिएको छ।
यस्तै गोल्ड र प्लेटिनम पेभिलियनका लागि १०० दिराब (करिब तीन हजार ८५० रुपैयाँ) तोकिएको छ। सबैभन्दा महँगो वेस्ट भीआइपी सुइटकम लागि ४०० दिराम (करिब १५ हजार ३५० रुपैयाँ) तोकिएको छ।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)