नाइट रन स्थगित
२०२५ सेप्टेम्बर १४, आइतबारAdmin User

नेपालगन्ज। आगामी असोज ३ गते हुने तय गरिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ ।
देशको विषम परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको हो ।
नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने, ‘युवाहरूको ऐतिहासिक आन्दोलन तथा बलिदान र लगत्तै भड्किएको हिंसाले भौतिक तथा मानवीय क्षतिले मुलुक शोक मग्न रहेकाबेला तत्कालै दौड आयोजना गर्न उपयुक्त नहुने निष्कर्षमा हामी पुगेका छौं