दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
मंगलबार, भदौ १०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै नेपालले अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)माथि लगातार दोस्रो जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा दोस्रो खेलमा नेपाल ६ विकेटको जित निकालेको हो। पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियोे।














