‘साम्बा’ दुई सातामै तीन संस्थाको ब्रान्ड एम्बेसडर
शुक्रबार, भदौ ६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्रान्ड एम्बेसडरको लागि सम्झौता नवीकरण भएको छ।
कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई बैंकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको थियो। बैंकले शुक्रबार एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि साम्बासँगको सम्झौता नवीकरण गरेको हो। सम्झौता रकम भने आपसी समझदारीमा तय भएको बताइएको छ।
साम्बालाई गत साता म्याक्सीम्याक्स एजुकेसन एण्ड भिसा सर्भिसेस र हिरो मोटोकर्पले पनि ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


