नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज। नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसवर्ष रिले दौड विधा समावेश गरिएको छ।
विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो। एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड समेत संन्चालन हुनेछ।
असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुल्ला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० वर्षमाथि उमेर समूह), ५ किलोमिटर भेट्रान्स महिला (४५ वर्ष माथि उमेरसमूह) र १० किलोमिटर मिक्स रिले (चार जनाको समूह दौड) गरी अलग स्पर्धा राखिएको छ।
मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो। यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए।













-1761788249466.webp&w=3840&q=75)
-1761788068036.webp&w=3840&q=75)
-1761787756366.webp&w=3840&q=75)