शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल

ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल

२०२५ अगस्ट ४, सोमबारखेलपाटी संवाददाता

ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल

काठमाडौं। एक दशक अगाडिसम्म नेपाल क्रिकेटमा भर्खरै पाइला चालिरहेको राष्ट्र थियो। अब ती पाइला ठूला टोलीसँग संवादका लागि ढोका ढकढक्याउने स्तरमा पुगेका छन्।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पछिल्लो दिनमा जुन प्रकारका संकेत दिएका छन्, त्यसले नेपालको क्रिकेटले विश्व क्रिकेट नक्शामा आफैंलाई अझै मजबुत पार्नेछ।

नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको ‘डगआउट पोडकास्ट’मा कुराकानी गर्दै चन्दले महत्त्वपूर्ण कुरा सार्वजनिक गरे–आयरल्यान्डको सिनियर राष्ट्रिय टोली नेपालमै आएर सिरिज खेल्ने सहमति भइसकेको छ।

उनी आत्मविश्वासपूर्वक भन्छन्, ‘गत वर्ष त उनीहरूको ए टोली आएको थियो, अब मुख्य टोली नै आउँदैछ।’  यद्यपि औपचारिक घोषणा हुन अझै केही समय बाँकी छ। तर, यस्तो सहमति हुनु नै नेपालको अन्तर्राष्ट्रिय पहुँच र विश्वासको सूचक हो।

गत मार्चमा आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड वुल्भ्स) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम नेपालसँग ५ खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट सिरिज खेलेको थियो। 

ती खेलले अन्तर्राष्ट्रिय मान्यता नपाए पनि नेपालले टी–२० सिरिज ३–२ ले आफ्नो बनायो। एकदिवसीय सिरिजमा भने आयरल्यान्डले ३–० को जितसहित ‘क्लिन स्वीप’ गर्‍यो। यी खेलले दोस्रोपल्ट आइसीसी टी–२० विश्वकप खेल्नुअघि नेपाललाई ठूलो मद्दत गरेको थियो।

नेपाल क्रिकेटको नजर अब विश्वकपको सहभागितामा सीमित छैन। लक्ष्य अझै ठूलो छ, तेस्रो विश्वकप र टेस्ट राष्ट्रको मान्यता। यही उद्देश्यले क्यान आयरल्यान्डजस्तो पूर्ण सदस्य राष्ट्रसँग घरेलु सिरिजको आयोजना गर्न तत्पर देखिएको हो।

तर, कुरा यतिमा मात्र सीमित छैन। क्यानका चन्दले भारतीय ‘ए’ टोलीसँगको सिरिजका लागि औपचारिक सहमतिको प्रक्रिया अगाडि बढिसकेको खुलासा गरेका छन्।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)सँग सम्झौता गर्नका लागि ‘एमओयू’ (समझदारीपत्र) को प्रारूप तयार भइसकेको उनले दाबी गरे। ‘भारतले धेरै सहयोग गरिरहेको छ, दूतावासदेखि लिएर बोर्डसम्म,’ चन्दले भने, ‘हामी निश्चित रूपमा भारत ए सँग खेल्छौं।’

भारतजस्तो ठूला संरचनासम्पन्न मुलुकसँग प्रतिस्पर्धा सामना गर्नु भनेको नेपालका खेलाडी र कोचिङ स्टाफका लागि दीर्घकालीन सिकाइको अवसर हुनेछ।

बीसीसीआईसँगको सहकार्यले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार मात्र होइन, टेस्ट राष्ट्र बन्ने यात्रामा पनि रणनीतिक सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। 

यसअघि नेपालले वेस्ट इन्डिज ‘ए’, आयरल्यान्ड, स्कटल्यान्ड, नामिबियालगायत टोलीहरूसँग खेलेको अनुभव संगालिसकेको छ। तर, भारत ‘ए’ सँगको खेल ऐतिहासिक हुनेछ। यसले अवसर सिर्जना, चर्चा, दर्शकको चासो र त्यो दबाबको सामना गर्ने क्षमताको परीक्षण हुनेछ।

अध्यक्ष चन्दले अन्य टेस्ट राष्ट्रहरूसँगको संवाद पनि खुला रहेको उल्लेख गरे। श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग निरन्तर कुराकानी भइरहेको उनले बताए।

‘अफगानिस्तान त काबुलमै खेल्न पनि चाहन्छ,’ चन्दले भने, ‘हामी नै जान भ्याएका छैनौं।’

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई

प्रबोधनीको पुनरागमन

प्रबोधनीको पुनरागमन

Bhat Bhateni
अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

जेनजी प्रदर्शनमा एक क्रिकेटले पनि ज्यान गुमाए

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले