बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुशील र सुरज फाइनलमा

बिहिबार, ०५ असार २०८२खेलपाटी संवाददाता
सुशील र सुरज फाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं। गोंगबुका सुशील तामाङ र आयोजक काठमाडौं महानगरपालिका वडा २६ का सुरज श्रेष्ठ काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष २८ केजीमुनि बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष २० केजीमुनि काठमाडौं महानगरपालिका १७ का अंकितमान गुरुङ र आयोजकका रवि थिङ तथा २६ केजीमुनि तार्केश्वरका स्वरुपराज पाण्डे र आयोजकका प्रदीप बुढाथोकी फाइनलमा पुगे।

पुरुष ३५ केजीमुनि स्वयम्भूका प्रज्ज्वल पौडेल र तार्केश्वरका आयु रे तथा ३८ केजमिुनि तार्केश्वरका उत्सव लोहनी र काठमाडौं महानगरपालिका ११ का तपेन्द्र विष्टले फाइनलमा स्थान सुरक्षित गरे।

महिला २४ केजीमुनि आयोजककी आलिया खातुन र काठमाडौं महानगरपालिका प्रास्ना जोशी, २७ केजीमुनि काठमाडौं महानगरपालिका १७ की लिसा तामाङ र लैनचौरकी आकांक्षा पाण्डे, ३१ केजीमुनि गोंगबुकी कृतिका देउला र आयोजककी रितिका शाही तथा ३३ केजीमुनि काठमाडौं महानगरपालिका १६ की समीक्षा तामाङ र काठमाडौं महानगरपालिका ११ की रनिशा गौतमले स्वर्ण भिडन्त पक्का गरे।

महिला ४६ केजीमुनि लैनचौरकी सारदामाया बमजन र काठमाडौं महानगरपालिका ११ की निग्रानी खड्का, ३६ केजीमुनि तुख्याकी सुसन्ध्या खड्का र आयोजककी स्मारिका शाही, ३९ केजीमुनि मातातीर्थकी पन्ना विक र काठमाडौं महानगरपालिका ११ की श्रीयुक्ता लामा तथा ४२ केजीमुनि तार्केश्वरकी कृतिका थापा मगर र आयोजककी पुनम खत्रीले फाइनल यात्रा तय गरे।

प्रतियोगितामा पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा २ सय ५९ खेलाडी सहभागी छन्। २० स्पर्धा मध्ये पहिलो दिन पुरुषमा ५ र महिलामा ८ तौलसमूहको फाइनल समीकरण तयार भएको तेक्वान्दोका संयोजक गौरव रजकले जनाएका छन्।  

शीर्ष तीन स्थान हात पार्ने टिमले ७५ हजार, दोश्रोले ५० हजार र तेश्रोले २५ हजार प्राप्त गर्ने छन्। उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ। हरेक पहिलोदेखि तेश्रो हुने खेलाडीलाई क्रमशः ४ हजार, ३ हजार र २/२ हजार नगद पुरस्कार प्रदान गरिने छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज