पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
बिहिबार, २२ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा हुने भएको छ।
आयोजक नेपाल तेक्वान्दो संघले बिहीबार प्रतियोगिता असार १ र २ गते हुने जानकारी दिएको हो। ग्यरोगी विधामा मात्र आयोजना हुन प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहमा महिला टिम तथा पुरुष टिम क्याडेटले सहभागिता जनाउन पाउने छन्।
यस्तै,१५ देखि १७ वर्ष उमेर समूहमा महिला तथा पुरुष जुनियर टिम गरी जम्मा ४ स्वर्णमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रत्येक विजेता टिमले नगद पुरस्कार ५० हजार रुपैयाँ हात पार्नेछन्। द्वित्तीय टिमले २५ हजार रुपैयाँ पाउने छन्।
नगद ३ लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगिताको टिम फाईटमा देशभरका करिब ७०० खेलाडीले सहभागिता जनाउने आयोजकको अपेक्षा छ।





-1788105755828.jpeg&w=3840&q=75)
-1786356600323.jpeg&w=3840&q=75)
-1786288850962.jpeg&w=3840&q=75)



-1788059680773.webp&w=3840&q=75)



