मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अञ्जनलाई कीर्तिमानी गोलको दबाब

बुधबार, २१ जेठ २०८२सन्ध्या ढुंगाना
अञ्जनलाई कीर्तिमानी गोलको दबाब
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट अहिले एकदमै महत्त्वपूर्ण मोडमा छन्। बिहीबार बलियो प्रतिद्वन्द्वी हङकङविरुद्धको खेलमा उनलाई धेरै दबाब र अपेक्षा छ। त्यो भनेको गोलको खडेरी तोड्नु र एउटा लामो समयदेखि कायम रहेको कीर्तिमानलाई भंग गर्नु नै हो।

अञ्जनले १२ अक्टोबर २०२३ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फिफा विश्वकप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा गोल गर्दै नेपाली फुटबलका दुई दिग्गज हरि खड्का र नीराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए।

हरिले यो कीर्तिमान राखेपछि नीराजनले २००८ मा यसलाई बराबरी गरेका थिए। १५ वर्षपछि त्यो कीर्तिमान अञ्जनले पुनः भेटेका हुन्। उत्कृष्ट लयमा रहेका अञ्जनले छिट्टै नै उक्त कीर्तिमान तोड्ने अपेक्षा गरिएको थियो। तर, उक्त कीर्तिमान बराबरी गरेको ६०२ दिन भइसक्दा पनि उनी अझै गोलविहीन छन्। 

नजर हुने छ अञ्जनमा

पछिल्लो पुस्ताका ‘गोल मेसिन’ मानिएका उनी पछिल्ला ११ खेलमा लगभग नियमित सुरुआती ११ मा मैदान उत्रिएका छन्। तर, कीर्तिमान भंग गर्ने दबाबमा रहेका उनी पछिल्लो समय गोल गर्न संघर्ष गरिरहेका छन्। त्यसैले उनलाई अब गोल गर्नु नै चुनौतीपूर्ण बन्दै गएको छ। 

अञ्जन आफैंले पनि यसलाई स्विकार्छन्। भन्छन्, ‘फुटबल खेलाडीको करियर सधैं एउटै हुँदैन। मेरो जीवनमा धेरै हार्ड टाइम्स आयो। चोटपटकदेखि थुप्रै समस्याले घेरिएँ। तर, मैले कहिल्यै हार मानिनँ। म हरेक दिन आफूलाई अझ राम्रो बनाउन प्रयास गरिरहेको छु।’

अञ्जन नचल्दा सबैभन्दा धेरै फाइदा जेलेस्पीजंग कार्कीले लिएका छन्। उनले यमन, अफगानिस्तान र सिंगापुरविरुद्ध समान एक गोल गर्दै राष्ट्रिय टोलीलाई सम्हालिरहेका छन्। मनीष डाँगी, सञ्जीव विष्ट र रोहित चन्दले पनि समान एक गोलको योगदान दिएका छन्। यसबारे अञ्जन भन्छन्,‘मेजर इन्जुरीबाट फर्कनु सजिलो छैन। फर्किँदा खेल्ने शैली पनि पहिलेजस्तो हुँदैन। अहिले प्रतियोगितामा प्रतिस्पर्धा बढेको छ। अरू पनि राम्रो खेलाडी छन्। त्यसैले अझ राम्रो हुन समय लाग्छ। तर, राम्रो समय आउँदैछ भन्नेमा म विश्वस्त छु।’ 

अञ्जन भन्छन्, ‘लिग नहुँदा एकदम गाह्रो भएको छ’

सन् २०१४ मा फिलिपिन्सविरुद्ध सन्दीप राईको स्थानमा मैदान प्रवेश गर्दै अञ्जनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। तर, उनलाई पहिलो गोल गर्न भने करिब ५ वर्ष लाग्यो। कतार विश्वकप २०२२ छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्ध भएको खेलमा उनले गोलको खाता खोलेका हुन्। त्यो खेल उनका लागि भव्य बन्यो। 

उनले तेस्रो र ६३औं मिनेटमा गोल गर्दै नेपाललाई २–० को सानदार जित दिलाएका थिए। अञ्जनले त्यसपछि २०२१ मा इराकविरुद्ध तेस्रो गोल गरेका हुन्। उनले त्यसको साढे दुई वर्षमा चाइनिज ताइपेई,  इराक, कुवेत, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानविरुद्ध १० गोल गर्दै उत्कृष्ट लय देखाएका थिए। 

त्यसयता उनीले पहिलाजस्तो लय कायम राख्न सकेका छैनन्। तर, अञ्जन बल्ल २७ वर्ष पुगेका छन्। त्यसैले यो कीर्तिमान भंग गर्न आफूसँग अझै धेरै समय रहेको उनी जिकिर गर्छन्। भन्छन्, ‘खेलाडीले कहिल्यै हार मान्नु हुँदैन। म अझै युवा अवस्थामा छु र धेरै खेल्न बाँकी छ। म गोलको खोजीमा छु र मेरो लक्ष्य अझ धेरै गोल गर्नु हो।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड