एरिकाले कांस्य पदकका लागि खेल्ने
२०२५ जुन १, आइतबारखेलपाटी संवाददाता

काठमाडौं। नेपाली खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा कांस्य पदकका लागि खेल्ने भएकी छन्।
मोरोक्कोको रावतमा भइरहेको कराते लिगमा उनी सेन्सुका आधारमा सेमिफाइनलमा स्पेनकी खेलाडीसँग पराजित भएकी हुन्।
उनले टर्की, इटली जस्ता खेलाडीलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेकी थिइन्। तर, फाइनल प्रवेशका लागि भएको खेलमा उनले स्पानिस खेलाडी मारिया टोरेस गार्सियासँग ५-५ को टाई खेलिइन्। यद्यपि, उनी सेन्सुका आधारमा पराजित हुन पुगिन्।
अब एरिकाले आइतबार कांस्य पदकका लागि क्लेमेन्स पिएसँग खेल्ने तय छ।