मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘एसियन कपमा पुग्ने क्षमता छ, विश्वकपमा पुग्न यो स्तरले सक्दैन’

मंगलबार, १३ जेठ २०८२खेलपाटी संवाददाता
‘एसियन कपमा पुग्ने क्षमता छ,  विश्वकपमा पुग्न यो स्तरले सक्दैन’
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लामो समयदेखि एउटा सपनालाई पछ्याउँदै आएको छ– साफ च्याम्पियन बन्ने। तर, त्यो सपना डेढ दशकमा भइसक्दा पनि अझै पूरा भइसकेको छैन।

यद्यपि, पछिल्ला वर्षहरूमा प्रदर्शनमा आएको सुधारले टोलीभित्र नयाँ विश्वास जन्मिएको छ। अब नेपाल सिर्फ दक्षिण एसियामा मात्र हैन, एसियाली स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्षम छ।

यही आत्मविश्वासका साथ टिमले अर्को सपना बुन्न थालेको छ– एएफसी महिला एसियन कपको छनोट पार गर्ने र त्यसपछि २०३१ मा हुने फिफा महिला विश्वकपसम्म पुग्ने।

सन् २०३१ देखि महिला विश्वकपमा सहभागी टिमको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याउने फिफाको निर्णयलाई नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ ‘सुनौलो अवसर’को रूपमा हेर्छन्।

‘अहिलेको जुन हाइप छ, त्यो महिलाहरूले बनाएका हुन्। तर, यो हाइपलाई संरचनागत र दीर्घकालीन योजनाले साथ नदिएमा विश्वकपको सपना केवल सपनामै सीमित हुन्छ,’ उनी भन्छन्।

४८ टिम हुने भएपछि नेपालका लागि पनि केही मात्रामा ढोका खुलेको छ। तर, अब नेपाल आफैं तयार हुनुपर्ने उनी बताउँछन्। ‘बंगलादेशले हामीलाई दुई पटक जितेको छ। हामीले भारतलाई दुई पटक जितेका छौं। सबैले तयारी गर्दैछन्। हामीले पनि त्यसअनुसार गम्भीर होमवर्क, लगानी र दीर्घकालीन योजना बनाउनु पर्छ,’ उनी भन्छन्।

एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटचरण पार गर्ने लक्ष्य बनाएको नेपालले अहिले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेलको तयारीमा छ। थाइल्यान्डकै घरेलु मैदानमा नेपालले एक अन्तर्राष्ट्रिय र एक अनौपचारिक फुटबल खेल्ने छ। पहिलो खेल मे ३० मा हुनेछ भने दोस्रो जुन २ मा हुनेछ।

विश्व वरीयतामा ४७औं स्थानमा रहेको थाइल्यान्डसँगको यो खेल नेपाललाई सहज भने हुने छैन। किनभने थाइल्यान्ड दुई पटक विश्वकप खेलेको टोली हो। तर, प्रशिक्षक तामाङ यस खेलअघि टोलीका खेलाडीबाट त्यति सन्तुष्ट देखिएका छैनन्।

‘साढे दुई महिनाको अन्तरालमा खेलाडीले पाँचवटा मोफसलका प्रतियोगिता खेलेका छन्। अहिले सबै खेलाडी टायर भइसकेका छन्। मैले राम्रो तयारी गर्न सकिरहेको छैन,’ उनी भन्छन्।

यद्यपि, थाइल्यान्डजस्तो बलियो टिमसँग खेल्दा मिल्ने अनुभव, आत्मविश्वास र रणनीतिक सुधारलाई उनले ठूलो अवसरका रूपमा लिएका छन्। ‘हामीले राम्रो पर्फमेन्स दियौं भने त्यो आत्मबल एसियन कप छनोटमा पनि काम लाग्नेछ,’ उनी भन्छन्।

सन् २०२१ मा नेपालले फिलिपिन्सविरुद्धको छनोट खेलमा सुरुआती अग्रता लिएको थियो। उज्बेकिस्तानमा भएको उक्त खेलमा विमला चौधरीले नेपाललाई १०औं मिनेटमै सुरुआती अग्रता दिलाएका हुन्। तर, अन्त्यतिर दुई गोल खाँदै नेपालले एसियन कपमा पुग्ने मौका गुमाएको थियो। त्यही फिलिपिन्स एसियन कपमा मात्र पुगेन पछि विश्वकप नै पुगेको थियो।

तामाङले त्यो हारलाई अझै बिर्सेका छैनन्। ‘त्यो हारको मुख्य कारण नै हाम्रो समूहगत र संरचनागत डिफेन्सको कमजोरी थियो। अहिले पनि त्यो समस्याबाट मुक्त भइसकेका छैनौं। गीता राणा, पूजा राणा, विमला विकलगायतले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गर्छन्। तर, कलेक्टिभ डिफेन्सिङ अझै कमजोर छ,’ उनी भन्छन्।

अब नेपालको मुख्य चुनौती हो– एएफसी महिला एसियन कप छनोट। नेपालले घरेलु टोली उज्बेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपर्ने छ। यस समूहमा विजेता हुने टिममात्रै एसियन कपमा स्थान सुरक्षित गर्नेछ।

हुन त नेपालले यसअघि पनि सन् १९८६, १९८९ र १९९९ मा एसिया कप खेलेको थियो। ती सबै प्रतियोगितामा नेपालले समूह चरण त के दोहोरो गोलसम्म गर्न सकेन। त्यसयता भने नेपाललाई छनोट चरण नै पहाड बन्दै आएको छ।

उक्त पहाडलाई नेपालले २६ वर्ष भइसक्दा पनि छिचोल्न सकेको छैन। तर, उज्बेकिस्तानको तुलनामा लाओस र श्रीलंका केही कमजोर प्रतिस्पर्धी हुन्। यी दुईसँग नेपालले जितको अपेक्षा गरेको छ।

निर्णायक हुने भनिएको उज्बेकिस्तानविरुद्धको खेलमा पनि रणनीति मिलाए नेपालले चौथोपल्ट एसिया कपमा स्थान बनाउन सक्ने तामाङको आँकलन छ।

‘थाइल्यान्डसँगको खेलबाट फर्केपछि नेपालले अलिकति तयारी गर्ने समय पाउने छौं। त्यही समयलाई सदुपयोग गर्नेछौं। यदि हामीले रणनीति मिलायौं भने उज्बेकिस्तानजस्तो बलियो टिमविरुद्ध पनि राम्रो गर्न सक्छौं,’ उनी आशावादी छन्।

विश्वकप सम्भव कि असम्भव?
एसियन कप त तजबिजका कुरा भए। तर, मुख्य कुरा भनेको सन् २०३१ को विश्वकप नै हो। ४८ टिम हुँदा नेपाल विश्वकप पुग्न सक्छ त? प्रशिक्षक तामाङको जवाफ प्रष्ट छ, ‘अहिलेको गतिमा गयौं भने त्यहाँ पुग्न सकिँदैन।’

अहिले नेपाली फुटबलमा लगानी एकदमै थोरै छ। गत वर्ष ६ महिना लगाएर गरिएको लिग अहिले अखिल नेपाल फुटबल संघ (एन्फा)ले साढे दुई महिनामा सक्काउने योजना बनाएको छ। यसको साटो एन्फाले ग्लामर फुटबललाई जोडबल दिइरहेको छ।

परम्परागत लिगलाई मास्दै एन्फाले फ्रेन्चाइजी लिगमा चासो देखाउँदा नेपाली महिला फुटबलको स्तर खस्किने चिन्ता सबैलाई छ। योबाहेक एन्फाले फिफा विन्डोमा पर्याप्त अन्तर्राष्ट्रिय प्रतियोगिता गराउनै सकेको छैन। गराए पनि आफूभन्दा कमजोर टोलीलाई बोलाएर कर्मकाण्डी पूरा गर्दै आएको छ। गत वर्ष पनि एन्फाले यस्तै कार्यलाई निरन्तरता दिएको थियो। 

‘अहिले चुनौती धेरै छन्। महिला फुटबलमा लगानी छैन। उमेर पुगेका खेलाडीको ठाउँमा नयाँ खेलाडीको टिम तत्कालै निर्माण गर्न आवश्यक छ,’ उनी भन्छन्। दक्षिण एसिया राष्ट्रका महिला टोलीमा भने व्यापक परिवर्तन भइरहेका छन्।

दुईपल्ट साफको फाइनलमा नेपाललाई पराजित गर्दै इतिहास बनाएको बंगलादेशले अहिले सर्वाधिक गोलकर्ता र लामो समयदेखि कप्तान रहेकी सबिना खातुनलाई बाहिर राखेको छ। उनीबाहेक दुईपल्ट साफ जिताएका सन्जिदा अख्तर, मसुरा परविन र कृष्णा रानी सरकारलाई समेत टोलीमा परेका छैनन्।

मुख्य प्रशिक्षक पिटर बटलरले एसियन कप र विश्वकप छनोटलाई ध्यानमा राख्दै यी उमेर पुगिसकेका खेलाडीको स्थानमा नयाँलाई मौका दिइरहेका हुन्। 

भारतीय टोलीमा पनि न्यून संख्यामा सिनियर खेलाडी छन्। तर, नेपाली टोलीमा भने आठभन्दा बढी खेलाडी २८ उमेर पार गरेका छन्। तीमध्ये धेरैजसो त सन् २०१० देखि निरन्तर खेल्दै आएका छन्। यी खेलाडीलाई अहिले पनि प्रशिक्षक तामाङले काँधमा बोकेर हिँडिरहेका छन्। 

‘मैले सिधै कुरा गर्दा सिनियर खेलाडीहरूले यो एउटा फ्रेन्डलीपछि हामी रिटायर लिन्छौं भन्नुभएको छ। १०–१२ वर्ष देशको लागि खेलेका खेलाडीलाई त एकैचोटी अब तिमी खेल्दैनौ भनेर फाल्ने कुरा हुँदैन। उहाँहरूको योगदानलाई त कदर गर्नुपर्छ, सम्मान दिनुपर्छ,’ उनी भन्छन्। 

यद्यपि, नेपाली महिला फुटबलले बिगतका वर्षमा देखाएको प्रदर्शन प्रेरणादायी छ। साफ, वाफ, फोर नेसन्सलगायत सबै प्रतियोगितामा टोली उपविजेता बनिसकेको छ। यही प्रदर्शनको बलबुतामा अहिले नेपाली टोली विश्वकपको सपना देख्ने ठाउँमा आइपुगेको छ। तर, सपना देखेर मात्र पुग्दैन, त्यसलाई ठोस रणनीति, लगानी र संरचनाले बल दिनुपर्ने आवश्यकता देखिन्छ।

प्रशिक्षक तामाङ भन्छन्, ‘हामीसँग क्षमता छ, तर त्यो क्षमतालाई योजनाले साथ दिनुपर्छ। तब मात्र हामी २०३१ को महिला विश्वकप खेल्न सक्छौं।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड