बिहिबार, १९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

आइओएफटिसीको १५औं संस्करण नेपालमा

सोमबार, १२ जेठ २०८२खेलपाटी संवाददाता
आइओएफटिसीको १५औं संस्करण नेपालमा
Loading ad...
mustang rice ad

काठमाडौं। आइओएफटिसी नेपालको आयोजना १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) हुने भएको छ । 

आइओएफटिसीले आफ्नो २५औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यसै वर्षको डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आइओएफटिसीको १४ औं संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा भएको थियो ।

निरन्तरताको हिसाबले प्रतियोगिताको १५ औं संस्करणको आयोजना मिति २०२६ रहेपनि आइओएफटिसी २५ वर्ष पुगेको अवसरमा एक वर्ष अघि नै आयोजना गर्न लागेको आइओएफटिसीका निर्देशक तथा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले सोमबार आयोजित पत्रकार सम्मलेनमा जानकारी गराए ।

महर्जनले सन् २००० मा पहिलोपटक प्रतियोगिता नेपालमा भएको जानकारी गराउदै २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा यो प्रतियोगिता आयोजना नेपालमै गरिन लागेको बताए ।

प्रतियोगितामा आयोजक नेपाललसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको र माल्दिभ्सलगायत राष्ट्रको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा ७ सयभन्दा बढी खेलाडीको सहभागिता रहने आइओएफटिसी नेपालका महासचिव गिरीबहादुर सुनारले जानकारी  गराए ।

प्रतियोगितामा सिनियर पुरुष र महिलाको समान आठ–आठ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै जुनियरतर्फ महिला र पुरुष गरी १०–१० तौलसमूह र क्याडेट वर्गमा १०–१० तौलसमूहमा खेलाइने छ । यसैगरी सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टीम गरी ३ इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

योबाहेक बोर्ड ब्रेकिङ इभेन्टलाई पनि प्रतियोगितामा समावेश गरिएको छ । प्रतियोगितामा कुल ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि भिडन्त हुनेछ ।

प्रतियोगितामा ओलम्पिक खेलकुद प्रतियोगिताको तेक्वान्दोमा स्वर्ण पदक विजेता तथा विश्व ओलम्पिक तेक्वान्दो फेडेरेसनका अध्यक्ष मुन डाइ सुङ र कुकिवनका प्रशिक्षक मिन हाक सिओलेको उपस्थिति रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताबारे थप प्रकाश पार्दै निर्देशक महर्जनले भने, ‘आईओएफटीसीको २५ औं वार्षिकोत्सव नेपालमा मनाउन पाउँदा निकै खुशी लागेको छ । यहाँहरुको साथ र सहयोगले च्याम्पियनसिप यहाँसम्म आईपुगेको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको छ ।’

महर्जनले आफूले सोचेको जसरी तेक्वान्दो खेल्न नपाए पनि अन्य खेलाडीहरुले यस्तो कुराको समाना गर्नु नपरोस् भनेर आइओएफटिसी अवधारणा अघि सारेको बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने दिए संकेत

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

च्याम्पियन्स लिग क्वार्टरफाइनलअघि भिड्दै बार्सिलोना र एट्लेटिको

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

नेपाली कुस्ती खेलाडी किर्गिस्तानतर्फ

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

‘रोनाल्डोबिना पोर्चुगलसँग विपक्षी टोली डराउँदैनन्’

किन कमजोर भयो इटाली ?

किन कमजोर भयो इटाली ?

प्लेबक्स र कीर्तिपुरको जित

प्लेबक्स र कीर्तिपुरको जित

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालको यात्रा सेमिफाइनलमै रोकियो

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज

नेपालले खेल्न नपाउने भयो फिफा सिरिज