मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !

आइतबार, ०४ जेठ २०८२खेलपाटी संवाददाता
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले परिवर्तनको मोडमा छ। नयाँ पुस्ताको आगमनसँगै केही अनुभवी खेलाडी सुखद बिदाइको तयारीमा छन्।

केही घाइते खेलाडी पुनः मैदानमा फर्कन ‘रिह्याब’मा जुटिरहेका छन्। मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा सुरु भएको यो रूपान्तरण भविष्यको आधारसिला बन्ने अपेक्षा गरिएको छ।

‘मैले ४८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थिएँ। त्यसबाट दोस्रो चरणमा ३२ खेलाडी छनोट भएका छन्। त्यसमा धेरै नयाँ अनुहार छ। ती पोटेन्सियल र क्यापेबल खेलाडी हुन्,’ खेलपाटीसँग उनी भन्छन्।

दक्षिण एसिया राष्ट्रका महिला टोलीमा व्यापक परिवर्तन भइरहेको छ। दुईपल्ट साफको फाइनलमा नेपाललाई पराजित गर्दै इतिहास बनाएको बंगलादेशले अहिले अञ्जन रानामगरसँग सन् २०१६ मा साफ महिला यु–१४ च्याम्पियनसिप खेलेका खेलाडीलाई सिनियर टोलीमा पुर्‍याउँदै आफूलाई बलियो बनाइरहेको छ।

भारतीय टोलीमा पनि न्यून संख्यामा सिनियर खेलाडी छन्। तर, नेपाली टोलीमा भने आठभन्दा बढी खेलाडी २८ उमेर पार गरेका छन्। तीमध्ये धेरैजसो त सन् २०१० देखि निरन्तर खेल्दै आएका छन्। 

यद्यपि, यसपल्ट भने राष्ट्रिय टोलीलाई पुनर्निर्माण गर्ने प्रयासमा उनी छन्। संवादमार्फत सम्मानजनक तरिकाले अनुभवी खेलाडीलाई बिदाइको सुनिश्चित आफूले गरेको उनको भनाइ छ।

‘मैले सिधै कुरा गर्दा सिनियर खेलाडीहरूले यो एउटा फ्रेन्डलीपछि हामी रिटायर लिन्छौं भन्नुभएको छ। १०–१२ वर्ष देशको लागि खेलेका खेलाडीलाई त एकैचोटी अब तिमी खेल्दैनौ भनेर फाल्ने कुरा हुँदैन। उहाँहरूको योगदानलाई त कदर गर्नुपर्छ, सम्मान दिनुपर्छ,’ उनी भन्छन्। 

एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको छ। नेपालले एक अन्तर्राष्ट्रिय र एक अनौपचारिक फुटबल खेल्न लागेको हो। पहिलो खेल मे ३० मा हुनेछ भने दोस्रो जुन २ मा हुनेछ। दुवै खेल बैंककमा हुनेछन्। 

यी दुई खेलका लागि राजेन्द्रले प्रारम्भिक टोलीमा ४८ खेलाडीलाई बोलाएका थिए। शुक्रबार मात्रै उनले १७ खेलाडीलाई हटाउँदै दोस्रो चरणको बन्द प्रशिक्षण बोलाएका छन्। तर, दोस्रो चरणको सूचीमा पनि अधिकांश खेलाडी पुरानै दोहोरिएका छन्।

यीमध्ये केही खेलाडी सन् २०१० देखि लगातार टोलीमा  छन्। कतिपय खेलाडी अहिले पनि चोटग्रस्त स्थितिमा छन्। बारम्बार ‘अप्रेसन’ गर्दै खेलाउनुपर्ने स्थिति भएको कारण टोलीले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको राजेन्द्रले यसअघि नै बताउँदै आएका छन्। ती सबैलाई हटाउने हो भने १० नयाँ खेलाडी राष्ट्रिय टोलीलाई खाँचो पर्ने उनको भनाइ छ।

त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२७ को एसियन कप र २०३१ को विश्वकप खेल्ने लक्ष्य राखेर केही खेलाडीको बिदाइलाई सम्मानजनक बनाउने तयारी गरिरहेको उनी बताउँछन्। 

‘मैले आफूले पर्सनल्ली यो पाली चाहिँ सक्दिन होला भन्ने कुरा गर्दाखेरि योपालि राख्दिनुस्। त्यस पछाडि चाहिँ हामी आफैं छोड्छौ भन्ने कुरा आयो। त्यसले यी खेलाडीलाई योपालि लान्छु होला,’ राजेन्द्र भन्छन्। 

यसबीच केही घाइते खेलाडी पनि मैदानमा फर्किने प्रक्रियामा छन्। गत कार्तिकमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न साफमा डिफेन्डर हीराकुमारी र मिडफिल्डर दीपा शाही घाइते भएका थिए।

यी दुई खेलाडी करिब सात महिनापछि मैदान फर्किने तयारीमा छन्। उदीयमान मिडफिल्डर प्रीति राई पनि मोफसलका प्रतियोगिता खेल्दा घाइते भएकी थिइन्। उनको चोट सामान्य रहेको छ। तर, यी सबै ‘ग्राउन्ड रिह्याब’मा छन्। 

‘प्रीतिको चाहिँ समस्या खासै केही पनि छैन। अहिले उनी नर्मल छिन्। उसलाई एउटा मात्रै समस्या भएको भनेको अब फिटनेस। इन्जुरी पनि त्यति छैन। त्यतिखेर त अब सानो चोट लाग्यो होला। चाँडो रिकभर भइहाल्यो,’ उनी भन्छन्। 

अन्तर्राष्ट्रिय प्रतियोगिता नहुँदा राष्ट्रिय टोलीका केही खेलाडी पछिल्लो साढे दुई महिनामा मोफसलका प्रतियोगितामा व्यस्त थिए। इलाममा दोस्रो अन्तर्राष्ट्रिय महिला गोल्डकप, चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता, बाँकेमा लुम्बिनी कप र नुवाकोटमा बागमती प्रदेश मुख्यमन्त्री कप र हेटौंडामा मकवानपुर महिला राष्ट्रिय गोल्डकप आयोजना भएका थिए। 

यी सबै प्रतियोगितामा अन्तिम ३२ मा रहेका सावित्रा, अञ्जिला, रेखा पौडेलबाहेक अन्य खेलाडी सहभागी भएका थिए। सावित्रा फ्रान्समा व्यावसायिक फुटबल खेल्दै थिइन्। अञ्जिला ग्रीस र रेखा संयुक्त अरब इमिरेट्स (युएई) मा अझै खेल्दै छिन्। पूजा राना भने मोफसलका प्रतियोगिता भ्याएर भुटान राष्ट्रिय महिला लिग खेल्न पुगेकी छन्।

यी तीन/चार जनाबाहेक अन्य खेलाडी निरन्तर खेलिरहँदा थिकत रहेको राजेन्द्र बताउँछन्। ‘साढे दुई महिनामा लगातार चार/पाँच वटा प्रतियोगिता भयो। डे बाई डे, कहिलेकाहीँ एक दिनको ग्याप, कहिले दुई दिनको ग्याप, कहिलेकाहीँ आज र भोलि खेल त्यसले गर्दाखेरि चाहिँ सबै जना थकित छ,’ उनी भन्छन्। 

राष्ट्रिय टोलीको दीर्घकालीन आधार तयार गर्ने रणनीतिक सोच बेकेका राजेन्द्रको योजना स्पष्ट छ— दुई मैत्रीपूर्ण खेलमा नयाँ खेलाडीहरूलाई खेलाउने, अनुभव बटुल्ने अवसर दिने र त्यसपछि उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई भविष्यको टोलीमा स्थायी बनाउने।

त्यसैले आफूलाई महत्त्वपूर्ण लागेको खेलाडी बोकेर उनी बैंकक जाने मनस्थितिमा देखिएका छन्। यो खेलमा उनी नै निर्णायक बन्नेछ। टोलीमा प्रतिस्पर्धा तीव्र हुँदै गर्दा उनले यस खेललाई अवसर खोजिरहेका नयाँ खेलाडी चिन्ने मौका बनाउने छन्।

पुराना खेलाडीलाई छाँटकाँट र घाइते खेलाडीलाई के गर्ने भनेर निर्णय लिने अवसर पाउने छन्। त्यसैले उनी ढुक्क हुँदै भन्छन्– यो पछिको खेलमा नेपाली टोलीमा नयाँ अनुहार र नतिजा पाइने छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड