शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. ‘यमल युग’ सुरु हुँदै

‘यमल युग’ सुरु हुँदै

२०२५ मे १७, शनिबारखेलपाटी संवाददाता

‘यमल युग’ सुरु हुँदै

काठमाडौं। अर्जेन्टिनी कप्तान लिओनल मेसीले क्याटलान क्लब बार्सिलोना छोड्दा धेरैलाई लाग्थ्यो—यस्तो अद्वितीय प्रतिभा जन्मन फेरि एक पुस्ता कुर्नु पर्छ। तर, त्यो कुर्ने समय केही वर्षमै टुंगिएको छ।

१७ वर्षीय लामिन यमलले यस सिजन बार्सिलोनाबाट अद्भुत प्रदर्शन गर्दै आफूलाई विश्व फुटबलको ‘नेक्स्ट बिग थिङ’ को रूपमा स्थापित गरेका छन्। अझ रोचक त के भने स्पेनिस लिगको उपाधि सुनिश्चित गर्ने निर्णायक गोल पनि उनैले गरे।

यमल दायाँ भागबाट बल लिएर भित्र छिर्छन्। टाउको हलुका झुकाउँदै ड्रिबल सुरु गर्छन्। त्यो बेला विपक्षी खेलाडीलाई थाहा हुन्छ उनी के गर्दैछन्। उनलाई रोक्न सक्ने पनि कोही हुँदैनन्।

एस्पान्योलविरुद्ध पनि त्यही भयो। बायाँ खुट्टाको उत्कृष्ट प्रहारमार्फत बललाई टप कर्नरमा पठाउँदै उनले २–० को जित पक्का गरे। योसँगै बार्सिलोनाले २८औं ला लिगा उपाधि सुनिश्चित गर्‍यो। त्यो पनि दुई खेलअगाबै।

उनका सहकर्मी राफिन्हाले भन्छन्, ‘हामीसँग सुन झिक्ने खुट्टा भएको केटो छ!’ यमलले आफूलाई मेसीसँग तुलना नगरिदिन बारम्बार आग्रह गरिरहेका हुन्छन्। तापनि उनको खेल्ने शैली हेर्दा मेसीको झल्को दिलाउँछ। दायाँ विंगबाट भित्र छिर्ने, बायाँ खुट्टाले प्रहार गर्ने, ड्रिबल, पासलगायत सबै शैलीमा मेसीको छाया देखिन्छ।

तर, यमलसँग आफ्नै विशेषता छन्। उनको शरीरको लचकता, ड्रिब्लिङको रफ्तार, बाहिरी भागले दिएको क्रस सबैमा उनको मौलिकता झल्किन्छ। उनको पासिङ सटिक छ। उनी खेलमै लय परिवर्तन गरिदिन सक्छन्।

यमलले अहिलेसम्मकै सबैभन्दा कान्छा स्कोरर र डेब्युजस्ता धेरै कीर्तिमान बनाइसकेका छन्। १५ वर्षको उमेरमा लिग डेब्यु गरेका उनी १८ नपुग्दै दुई ला लिगा उपाधि, एक कोपा डेल रे, एक स्पेनिस सुपर कप र स्पेनका लागि युरोपियन उपाधि जितिसकेका छन्।

यस सिजन उनले सबैभन्दा धेरै १३ असिस्ट गरेका छन्। उनीसँग १४९ सफल ड्रिबल छन्। यो दोस्रो स्थानमा रहेका खेलाडीको तुलनामा ६० भन्दा धेरै हो। उनी यो सबै सफलताको श्रेय जर्मन प्रशिक्षक ह्यान्सी फ्लिकलाई दिन्छन्।

उनको नेतृत्वमा बार्सिलोनामा नयाँ ऊर्जा थपिएको यमलको बुझाइ छ। ‘हामी जित्न थालेका छौं। क्लबको मानसिकता फेरिएको छ,’ उनले भने।

बार्सिलोनाको भविष्य अझ उज्यालो देखिन्छ। यमलसँगै बार्सिलोनामा अन्य खेलाडीलाई पनि युवा अवस्थामै छन्। पेड्री २२ वर्ष पुगेका छन्। डिफेन्डर पाउ कुबार्सी १८, गाभी २०, बाल्डे २१  र  फर्मिन लोपेज २२ वर्ष।

रियल मड्रिडसहित युरोपका ठूला क्लबका लागि अब खतरा यमल युगको हो। बार्सिलोनाले फेरि एक सशक्त युग सुरु गर्न लागेको संकेत दिइरहेको छ। र, त्यो युग यमलको नाममा चिनिन सक्छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

Bhat Bhateni
शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’

अनन्त पनि बंगलादेश पुगे

अनन्त पनि बंगलादेश पुगे

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

अञ्जन भन्छन्- एन्फाले लिग चाँढो गर्दियोस्

श्रीलंका लाग्यो युवा टोली

श्रीलंका लाग्यो युवा टोली