मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘यमल युग’ सुरु हुँदै

शनिबार, ०३ जेठ २०८२खेलपाटी संवाददाता
‘यमल युग’ सुरु हुँदै
Loading ad...
mustang rice ad

काठमाडौं। अर्जेन्टिनी कप्तान लिओनल मेसीले क्याटलान क्लब बार्सिलोना छोड्दा धेरैलाई लाग्थ्यो—यस्तो अद्वितीय प्रतिभा जन्मन फेरि एक पुस्ता कुर्नु पर्छ। तर, त्यो कुर्ने समय केही वर्षमै टुंगिएको छ।

१७ वर्षीय लामिन यमलले यस सिजन बार्सिलोनाबाट अद्भुत प्रदर्शन गर्दै आफूलाई विश्व फुटबलको ‘नेक्स्ट बिग थिङ’ को रूपमा स्थापित गरेका छन्। अझ रोचक त के भने स्पेनिस लिगको उपाधि सुनिश्चित गर्ने निर्णायक गोल पनि उनैले गरे।

यमल दायाँ भागबाट बल लिएर भित्र छिर्छन्। टाउको हलुका झुकाउँदै ड्रिबल सुरु गर्छन्। त्यो बेला विपक्षी खेलाडीलाई थाहा हुन्छ उनी के गर्दैछन्। उनलाई रोक्न सक्ने पनि कोही हुँदैनन्।

एस्पान्योलविरुद्ध पनि त्यही भयो। बायाँ खुट्टाको उत्कृष्ट प्रहारमार्फत बललाई टप कर्नरमा पठाउँदै उनले २–० को जित पक्का गरे। योसँगै बार्सिलोनाले २८औं ला लिगा उपाधि सुनिश्चित गर्‍यो। त्यो पनि दुई खेलअगाबै।

उनका सहकर्मी राफिन्हाले भन्छन्, ‘हामीसँग सुन झिक्ने खुट्टा भएको केटो छ!’ यमलले आफूलाई मेसीसँग तुलना नगरिदिन बारम्बार आग्रह गरिरहेका हुन्छन्। तापनि उनको खेल्ने शैली हेर्दा मेसीको झल्को दिलाउँछ। दायाँ विंगबाट भित्र छिर्ने, बायाँ खुट्टाले प्रहार गर्ने, ड्रिबल, पासलगायत सबै शैलीमा मेसीको छाया देखिन्छ।

तर, यमलसँग आफ्नै विशेषता छन्। उनको शरीरको लचकता, ड्रिब्लिङको रफ्तार, बाहिरी भागले दिएको क्रस सबैमा उनको मौलिकता झल्किन्छ। उनको पासिङ सटिक छ। उनी खेलमै लय परिवर्तन गरिदिन सक्छन्।

यमलले अहिलेसम्मकै सबैभन्दा कान्छा स्कोरर र डेब्युजस्ता धेरै कीर्तिमान बनाइसकेका छन्। १५ वर्षको उमेरमा लिग डेब्यु गरेका उनी १८ नपुग्दै दुई ला लिगा उपाधि, एक कोपा डेल रे, एक स्पेनिस सुपर कप र स्पेनका लागि युरोपियन उपाधि जितिसकेका छन्।

यस सिजन उनले सबैभन्दा धेरै १३ असिस्ट गरेका छन्। उनीसँग १४९ सफल ड्रिबल छन्। यो दोस्रो स्थानमा रहेका खेलाडीको तुलनामा ६० भन्दा धेरै हो। उनी यो सबै सफलताको श्रेय जर्मन प्रशिक्षक ह्यान्सी फ्लिकलाई दिन्छन्।

उनको नेतृत्वमा बार्सिलोनामा नयाँ ऊर्जा थपिएको यमलको बुझाइ छ। ‘हामी जित्न थालेका छौं। क्लबको मानसिकता फेरिएको छ,’ उनले भने।

बार्सिलोनाको भविष्य अझ उज्यालो देखिन्छ। यमलसँगै बार्सिलोनामा अन्य खेलाडीलाई पनि युवा अवस्थामै छन्। पेड्री २२ वर्ष पुगेका छन्। डिफेन्डर पाउ कुबार्सी १८, गाभी २०, बाल्डे २१  र  फर्मिन लोपेज २२ वर्ष।

रियल मड्रिडसहित युरोपका ठूला क्लबका लागि अब खतरा यमल युगको हो। बार्सिलोनाले फेरि एक सशक्त युग सुरु गर्न लागेको संकेत दिइरहेको छ। र, त्यो युग यमलको नाममा चिनिन सक्छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड