दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
-1746894755.jpeg&w=3840&q=75)
काठमाडौं। प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ।
नेपाली टोली ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ प्रथम भएको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन्।
व्यक्तिगत स्पर्धामा नेपाल टिम प्रथम भएको हो। मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आइतबार प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा ४ दक्षिण एसियाली राष्ट्रका ८ टिम सहभागी थिए। नेपालबाट एमएमएसीका खेलाडीले सहभागिता जनाएका थिए।
भेटानको थिम्पुमा भइरहेको प्रतियोगितामा श्रष्टा नापितले दोहोरो स्वर्ण जितिन्। श्रष्टाले महिला ५७ केजीमुनि पहिलो स्वर्ण चुमिन्। श्रष्टाले अर्को स्वर्ण खुला तौलसमूहमा हात पारिन्। ५७ केजी तौलसमूहमा खेल्ने प्रतिस्पर्धीले खुला तौलसमूहमा पनि खेल्न पाउने प्रावधान थियो।
पुरुष ३६ केजीमुनि साइमन तामाङ तथा ४० केजीमुनि सदिन तामाङले स्वर्ण जिते। महिला ३६ केजीमुनि जेनिशा वाइबाले रजत तथा पुरुष ५० केजीमुनि जुविन महर्जनले कांस्य प्राप्त गरे।






-1748333590.jpeg&w=3840&q=75)

-1746514742.jpeg&w=3840&q=75)


%20(1)-1761905198112.png&w=3840&q=75)




