मंगलबार, १९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल

बिहिबार, २५ बैशाख २०८२मनोज थापा (हिमालयन मनोज)
विगतको गल्ती नदोहर्‍याउने लक्ष्यमा नेपाल
Loading ad...
mustang rice ad

इटानगर (भारत)। साफ यु–१९ च्याम्पियनसिप खेल्नुअघि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ गहिरो सास फेर्छन्। 

त्यो सासमा कुनै थकाइ छैन। न त विगतका हारको स्मृति नै। दुईपल्ट फाइनल पुगेको उनको टिम दुईपल्ट नै चुक्यो। तर, योल्ट उनी भन्छन्,‘अब त्यो गल्ती फेरि दोहोर्‍याउँदिन।’

सन् २०१५ मा यु–१९ को नामबाट सुरु भएको यस प्रतियोगिता समान दुई संस्करण यु–१८ र यु–२० को नामबाट भएको थियो । समग्रमा सातौं संस्करणमा आइपुग्दा नेपाल दुईपल्ट (२०१५ र २०१७ मा) लगातार उपाधि जित्न सफल भएको थियो। तर, त्यसपछिका संस्करणमा भने नेपालले त्यो गर्विलो इतिहास दोहोर्‍याउनै सकेको छैन।

उर्जनको प्रशिक्षणमा रहेको टोली तीन वर्षअघि श्रीलंकाको कोलम्बोमा भएको साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा पराजित भएको थियो। गत वर्ष घरेलु मैदानमा सुधारिएको प्रदर्शन गर्दै पुन: साफ यु–२० च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गरे पनि खालिहात चित्त बुझाउनुपर्‍यो। यी दुवै संस्करणमा नेपालको बाधक भारत र बंगलादेश बनेका थिए।

पछिल्लो चार संस्करण यसरी नै चित्त बुझाएको नेपालले यसपल्ट साफ यु–१९ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिँने छ। योपल्टको नेपाली टिमको एउटा बलियो पक्ष छ। त्यो लगातार खेलिरहेको खेलाडीहरूको अनुभव नै हो।

‘हाम्रो उता बी डिभिजन लिग पनि भइरहेको छ। त्यही भएर हामीलाई सजिलो पनि भएको छ। सबै खेलाडी त्यसै लिग खेलिरहेकाले फिटनेस लेबल एकदम हाइ छ। यसपालि हाम्रो टिम स्ट्रङ नै छ जस्तो लाग्छ,’ उर्जन भन्छन्।

नेपाली टोलीको कप्तानी राम थापाले गर्दैछन्। टोलीमा साफ यु–१७ च्याम्पियनसिपमा सर्वाधिक गोल गरेका सुजन डंगोल पनि छन्। उनी ‘बी’ डिभिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी हुन्। यस्तै, एन्फा यु–१८ युथ लिगमा सर्वाधिक २८ गोल गर्दै राष्ट्रिय टोलीसम्म पुगिसकेका सुवास बम हुँदा टोली अझ बलियो बनेको छ।

विगतको प्रदर्शनलाई पल्टाएर हेर्ने हो भने नेपालले समूह चरणमा भारत र बंगलादेशलाई पनि पराजित गरेको छ। उनको प्रशिक्षणमा नेपालले साफ यु–१७ च्याम्पियनसिपको लिग चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो। उक्त प्रतियोगितामा नेपालको कप्तानी सुबासले नै गरेका थिए। तर, फाइनलमा भारतसँग ४–० ले पराजित हुन पुगेको थियो।

गत वर्ष घरेलु मैदानमै भएको साफ यु–२० च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई समूह चरणमा २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। तर, सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा पराजित गर्दै दुई वर्षपछि उमेर समूहको प्रतियोगितामा फाइनल पुगेको नेपालले अप्रत्याशित ४–१ को फराकिलो हार बेहोर्न परेको थियो।

‘अँ ! लास्ट दुईपल्ट मैले टिम हेरें। हामीले भारतलाई लिग चरणमा हरायौं, तर फाइनलमा हार्यौं। बंगलादेशलाई पनि लिग चरणमा हरायौं। फेरि फाइनलमा हार्यौं। त्यो ब्याड लक थियो। साना गल्तीले हामी हारिरहेका थियौं,’ उर्जन भन्छन्।

यसपल्ट नेपाल र बंगलादेशको भेट भने समूह चरणमा हुनेछैन। तर, भारत र नेपालको भेट भने यही चरणमा हुने पक्का छ। नेपाल र भारत समूह ‘बी’ मा छन्। यो समूहमा श्रीलंका पनि छ। अर्को समूहमा बंगलादेश, भुटान र माल्दिभ्स। 

नेपाल र भारतलाई समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको रूपमा हेरिएको छ। अर्को समूहबाट भने सम्भवतः बंगलादेश र भुटानले नै सेमिफाइनल यात्रा तय गर्नेछन्। त्यसैले नेपाल र बंगलादेशको भेट सेमिफाइनलमै नहोला भन्न पनि सकिँदैन। त्यसैले यसपल्ट अघिल्ला दुई संस्करणमा गरेको गल्तीलाई सुधार गर्ने उर्जन बताउँछन्।  

‘हामीले ती सबै गल्तीहरू मिनिमाइज गरेका छौं। यसपालि कसरी भए पनि त्यो गल्ती नगर्ने र फाइनल पुगेर उपाधि जित्ने हाम्रो योजना छ,’ उनी भन्छन्।

लगातार उमेर समूहको टिम हेर्दै आएका उनीसँग अहिलेका खेलाडी पनि परिचित छन्। त्यसैले ती खेलाडीले उनको रणनीति बुझेका छन्। त्यही भएर उनले यो टोलीलाई धेरै कुरा सिकाउन परेको छैन। यो उनका लागि अर्को सहज पक्ष बनेको छ।

‘नयाँ केही यु–१७ का खेलाडी पनि छन्। तर, हामीले उनीहरूलाई टिममा घुलमिल गराइसकेका छौं,’ उनी भन्छन्। शुक्रबार हुने भारत र श्रीलंकाबीचको खेलले नै धेरै कुरा स्पष्ट पार्नेछ। तर, उनी नाम मात्र हेरेर कमजोर टोली हुन भन्ने पक्षमा यसपल्ट छैनन्। किनभने फुटबलको नतिजा प्राय: अनिश्चित हुने गर्दछ।

‘अब हामी भोलि भारत र श्रीलंकाको म्याच हेर्छौं,’ उनी भन्छन्,‘त्यसपछि हामी एनालाइसिस गर्छौं र योजना बनाउँछौं। अहिले सबै टिम टफ नै हुन्छन्। सबैले आफ्नो तयारी गरेर आएका हुन्छन्। कोहीलाई कमजोर मान्ने छैनौं।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

धर्बेन्द्रको कप्तानीमा नेपालले साफ यु–२० च्याम्पियनसिप खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

मेसी दिलाए मियामीलाई जित

मेसी दिलाए मियामीलाई जित

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड