नेपाललाई ६ स्वर्णसहित आठ पदक
सोमबार, बैशाख १५, २०८२खेलपाटी संवाददाता
-1745850525.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाली खेलाडीले दुबइ बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ६ स्वर्ण र दुई रजत गरी आठ पदक जितेका छन्।
नेपाल सितोरियो कराते संघका सचिव समेत रहेका टिम प्रशिक्षक प्रेमलाल बमजनका अनुसार अन्जन तामाङ, लक्ष्मण बराल, उषाकुमारी थापा दास, सुशान्त तामाङ, देवराज श्रेष्ठ र विशाल केसीले स्वर्ण जिते।
अप्रिल २६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा स्मिका विक र सावन लामाले रजत हात पारे। प्रतियोगितामा बूढानीलकण्ठ डोजोका खेलाडीले सहभागिता जनाएका हुन्।
टोली मंगलबार स्वदेश फर्किदैछ। प्रतियोगितामा नेपालसहित भारत, युएइ, काजाकिस्तान, उज्वेकिस्तान, श्रीलंका, फिलिपिन्स, र बंगलादेशको सहभागिता छन्।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)