एसियाली सिनियर करातेमा एरिकासहित १२ खेलाडी छनोट
सोमबार, बैशाख १५, २०८२खेलपाटी संवाददाता

काठमाडौं। एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका लागि एरिका गुरुङसहित १२ खेलाडी छनोट भएका छन्।
एसियाली कराते च्याम्पियनसिप उज्वेकिस्तानको तास्केन्टमा मे २३ देखि २५ सम्म हुनेछ। नेपाल कराते महासंघले सातदोबाटोस्थित कराते हलमा आइतबारमा सात पुरुष र पाँच महिला खेलाडी छनोट भएका हुन्।
नेपाल कराते महासंघका अनुसार पुरुष ५५ केजीमुनीमा साजन मोक्तान, ६० केजीमुनीमा मीनबहादुर तामाङ, ६७ केजीमुनीमा सन्तोष श्रेष्ठ, ७५ केजीमुनीमा शिवु ओड, ८४ केजीमुनीमा मोहम्मद शेखु आलम, ८४ केजीमाथि तौल समूहमा तेन्जिङ शेर्पा र एकल कातामा सोनिम मानन्धर छनोट भएका छन्।
यसैगरी महिला एकल कातामा सानुमाया थिङ, ५० केजीमुनीमा अन्जली महर्जन, ५५ केजीमुनीमा सविना श्रेष्ठ, ६१ केजीमुनी मानिरुपमा तामाङ र ६८ केजीमाथिमा एरिका गुरुङ छनोट भए।






-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)