काठमाडौं। सार्थक खेल संसारले नेपालको खेलकुद क्षेत्रको भविष्य उजागर गर्ने लक्ष्यसहित युथ गेम्स २०८२ को घोषणा गरेको छ।
आगामी मंसिर १३ देखि २० गतेसम्म काठमाडौंमा विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने उक्त खेलकुद प्रतियोगिताको तयारी सुरु भएको हो। प्रतियोगितामा १५ वर्षमुनिका खेलाडी सहभागी हुनेछन्। फुटबल, बास्केटबल, भलिबल, क्रिकेट, एथलेटिक्स र ई-स्पोर्ट्सजस्ता ६ खेल विधामा प्रतिस्पर्धा हुनेछ।
कार्यक्रमको उद्देश्य नव प्रतिभाको पहिचान र खेलकुदको विकासमा योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ।
‘नेपाल युथ गेम्सले देशभरका खेलकुद प्रतिभालाई एकजुट गर्दै दीर्घकालीन विकासको आधारशिला बनाउने उद्देश्य राखेको छ,’ अध्यक्ष सुसन दुलालले भने।
त्यसैगरी, उनीले यो प्रतियोगिता कुनै एक संस्थाको मात्र नभई सम्पूर्ण नेपाली खेलकुद परिवारको साझा सपना भएको उल्लेख गरे।