काठमाडौं। एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली मंगलबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ।
अप्रिल २५ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्ने छन्।
घरेलु प्रतियोगितामा विकास नेपाल प्रहरी, विशेष एपीएफ र विपिन नेपाल आर्मीबाट खेल्छन्। महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्का सहभागी हुने छन्।
बन्दी सहायता नियोग (पाम), मनीता प्रहरी र रञ्जना एपीएफका हुन्। ओलम्पिक समेत खेलिसकेकी मनीता पनि पामकै उत्पादन हुन्।
अफिसियलमा नेपाल जुडो संघका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनिता मगर तथा व्यवस्थापकमा तुलबहादुर थापा मगर रहेका छन्।