शनिबार, २६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

बाउन्ड्रीमा सिद्धान्त !

बिहिबार, ०४ बैशाख २०८२खेलपाटी संवाददाता
बाउन्ड्रीमा सिद्धान्त !
mustang rice ad

काठमाडौं। सन् २०१५ मा आइसिसी टी–२० विश्वकप छनोटमा जर्सीविरुद्ध खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका सिद्धान्त लोहनी करिब सात वर्षपछि पुनः टिममा फर्किने नजिक थिए।

यो मौका भने प्रधानमन्त्री कपले नै जुराइदिएको हो। कोशी प्रदेशको कप्तानी सम्हालेका लोहनीले मात्र चार खेलमा दुई अर्धशतकसहित १४६ रन जोड्दै उत्कृष्ट प्रदर्शन गरे। यसै प्रदर्शनका आधारमा उनी तत्कालीन प्रशिक्षक मोन्टी देसाईको नजरमा परेका हुन्।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र स्कटल्यान्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजका लागि घोषणा गरिएको प्रारम्भिक टोलीमा पनि लोहनीको नाम समावेश थियो। करिब पाँच वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका उनलाई लागेको थियो–अब फेरि राष्ट्रिय जर्सीमा खेल्ने अवसर आउँछ।

तर, जर्सीविरुद्ध प्रहार गरेको ‘हेलिकप्टर सट’ ले चर्चामा आएका लोहनीलाई प्रशिक्षक देसाईले टी–२० फर्म्याटमै खेलाउने चाहना देखाए। प्रारम्भिक टोलीबाट बाहिरिएपछि उनी जनकपुरमा आयोजित महेन्द्रनारायण निधि टी–२० लिगमा सहभागी भए, फेरि राष्ट्रिय टोलीमा फर्किने सपनामा। तर, यथार्थ भने अर्को मोडमा मोडियो। 

मैदानमा फिल्डिङ गर्दै गर्दा गम्भीर घुँडाको चोट लाग्यो। भोलिपल्टै काठमाडौंको अस्पतालमा जाँच गर्दा ‘लिगामेन्ट टियर’ भएको थाहा भयो। त्यसपछि उपचारको यात्रा सुरु भयो—शल्यक्रिया, इन्फेक्सन, फेरि शल्यक्रिया, पुनः इन्फेक्सन। ६ महिनामा पाँचपल्ट शल्यक्रिया। ‘सपना त राष्ट्रिय जर्सी फर्किने थियो। तर, अहिले हिँड्न सक्ने अवस्था फर्किने सपना देख्दैछु,’ उनी भन्छन्।

मधेश प्रदेश क्रिकेट संघको आयोजनामा २०८० जेठ १५ देखि २६ सम्म उक्त प्रतियोगिता जनकपुरमा सञ्चालन भएको हो। उक्त प्रतियोगिता नसकिँदै अर्थात १९ गते गण्डकी प्रदेशका अमृत गुरुङले प्रहार गरेको बललाई ‘बाउन्ड्री लाइन’ मा रोक्नेक्रममा उनले चोट बोकेका हुन्। 

नेपाल क्रिकेट संघ (क्यान) आफैंले आयोजना गर्ने स्वीकृति दिएको प्रतियोगिताले के कति मापदण्ड पालना गरेको छ भन्ने कुनै हेक्का नै राखेको थिएन। सुस्ताएको क्रिकेटलाई उकास्न भन्दै प्रतियोगितालाई अध्ययन नै नगरी धमाधम स्वीकृति दिँदा उनी खेलाडी बिमाबाट वञ्चित भइसकेका थिए। त्यसैले उनलाई न त तत्काल सहयोग मिल्यो, न त उपचार खर्चको जिम्मेवारी कसैले लियो।

‘क्यानलाई भन्यौं, तर कसैले वास्ता गरेन। बल्लबल्ल एक लाख त मिल्यो तर यातायात खर्चलाई नै पुगेन,’ उनी भन्छन्। हालसम्म उनको उपचारमा २० लाखभन्दा बढी खर्च भइसकेको छ, भारतको गुडगाउँमै सात लाखभन्दा बढी खर्चिसकेका छन्। अब अझै यही हाराहारीमा थप खर्च लाग्ने उनको अनुमान छ।

लोहनीलाई उपचार खर्च जुटाउन तत्कालीन कोषाध्यक्ष रोशन सिंहले बारम्बार क्यानको बैठकमा कुरा उठाएको उनी दाबी गर्छन्। तर, वास्ता नै नगरेपछि आफू खुट्टा घिसारी घिसारी विराटनगरमै भएको यु–१९ प्रतियोगितामा प्रमुख अतिथि भएर पुगेका अध्यक्ष चतुरबहादुर चन्दलाई नै भेट्न पुगेको उनको भनाइ छ। उनलाई सहयोग पाउने आशा थियो। तर, आश्वासन मात्रै पाए। ‘भाइलाई गर्छौं भन्नुभयो। तर, अहिलेसम्म केही गर्दिनु भएन,’ उनी भन्छन्।

कुरा उठाउँछौं : क्यान
सधैं बाउन्ड्री पार गराउने हेलिकप्टर सटका कारण चर्चामा आएका लोहनी अहिले जीवनकै बाउन्ड्रीमा अड्किएका छन्। तर, उनको यो समस्यालाई पार लगाउने जिम्मेवारी भने आफ्नो नभएको क्यानका प्रवक्ता छुम्बी लामा बताउँछन्। उक्त प्रतियोगिता आफ्नो कार्यकालमा नभएको उनको तर्क छ।

अझ उक्त प्रतियोगिता क्यानको नभए पनि तत्कालीन कार्यसमितिले एक लाख रुपैयाँ उपलब्ध गराएर क्यानले आफ्नो दायित्व पूरा गरेको उनी बताउँछन्। ‘क्यानले वास्ता गरेन, बेवास्ता गरिरह्यो भन्ने कुरा गलत हो,’ उनी भन्छन्। उनका अनुसार क्यानको कुनै सम्झौतामा नभएको कारण उपचार खर्चबाट वञ्चित भएका हुन्। 

नयाँ क्यान आएपछि लोहनीले उपचार खर्चका लागि अनुरोध गरेको उनी स्विकार्छन्। तर, तत्काल क्यानको कुनै बैठक बस्न नसकेको हुँदा यसबारे छलफल अगाडि बढ्न नसकेको उनको भनाइ छ। ‘यो पुरानै कार्यसमिति हुँदाको कुरा हो। तर, अहिले पनि क्यानले के कति सहयोग गर्न मिल्छ आगामी बैठकले निर्णय गर्ला’, लामा भन्छन्।
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

Bajaj Pulsar Motorcycle Ad
चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

चेन्नईको रेसिङ ट्रयाकमा नेपाली राइडर

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

खेलकुदमन्त्री  गुप्ता अमेरिका भ्रमणमा नजाने

खेलकुदमन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि