आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
  4. /
  5. गोर्खाली रग्बीलाई उपाधि

गोर्खाली रग्बीलाई उपाधि

२०२५ अप्रिल १५, मङ्गलबारखेलपाटी संवाददाता

गोर्खाली रग्बीलाई उपाधि

काठमाडौं। गोर्खाली रग्बी क्लब पाँचौ संस्करणको फिफ्टिन्स रग्बी च्याम्पियनसिपको विजेता बन्न सफल भएको छ।

मंगलबार भएको लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५–० ले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो। जितसँगै गोर्खालीले लिगको तीन वटै खेल जित्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई एक संघर्षपूर्ण खेलमा १९–७ ले पराजित गर्दै उपविजेता बन्न सफल भयो। गत वर्षको उपविजेता एपीएफ भने तेस्रो स्थानमा सीमित भयो। नेपाल पुलिस क्लबले भने प्रतियोगितामा अंक बटुल्न सकेन।

विजेता गोर्खाली रग्बीले नगद २ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गरे भने उपविजेता एपीएफले १ लाख ११ हजार १११ रुपैयाँ हात पार्‍यो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी गोर्खाली रग्बी क्लबका विजय खड्का घोषित भए। उनले १५ हजार प्राप्त गरे।

प्रतियोगिताको कठिन मानिएको दुई खेलमा एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरिसकेको गोर्खाली रग्बी क्लबका लागि खेल तुलनात्मक रूपमा सहज बन्न पुग्यो। एकपक्षीय खेलमा गोर्खालीले पहिलो हाफमा ४०–० को अग्रता लिइसकेको थियो।

गोर्खालीले पहिलो सेटमै वैकल्पिक खेलाडी राखेर मैदानमा उत्रिएको थियो। पहिलो पटक फिफ्टिन्स खेलिरहेको नेपाल पुलिस क्लबसँगको खेल सहज हुने अनुमान गरिएजस्तै नै खेलमा गोर्खाली सुरुआतदेखि नै हाबी हुन पुग्यो। दोस्रो हाफमा भने टोलीले १५ अंक थपेको थियो।

नेपाल पुलिसले कुनै स्कोर जोड्न सकेन। त्रिभुवन आर्मी र एपीएफबीचको खेल भने निकै प्रतिस्पर्धात्मक बनेको थियो। एपीएफले सुरुआतमा एक ट्राई र कन्भर्जनलाई सफल पारेर ७ अंक जोडेको थियो। सेनाले ५ अंक जोडेपछि पहिलो हाफ ७–५ को प्रतिस्पर्धात्मक स्थितिमा पुगेको थियो।

तर, दोस्रो हाफमा सेना खेलमा फर्कियो। दोस्रो हाफको सुरुआतमा लगातार सात अंक जोडेपछि आर्मीले खेलमा अग्रता बनायो र त्यसलाई अन्तिम समयसम्म कायम राख्यो। एपीएफले खेलमा फर्किने प्रयास सफल भएन। बरु खेल सकिनै लाग्दा आर्मीले अर्को एउटा ट्राई गरेर खेल १९–७ ले जित्न सफल भयो।

नेपाल रग्बी संघको आयोजनामा राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको खेलमा ३ विभागीय र गोर्खाली रग्बी गरी चार टोलीको सहभागिता रहेको थियो। यो प्रतियोगिताबाट दुई महिनापछि नेपाल र बंगलादेशबीच काठमाडौंमा हुने फिफ्टिन्स रग्बी श्रृंखलाको लागि खेलाडी छनोट गरिने नेपाल रग्बी संघले जनाएको छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

स्पोर्ट्स अवार्ड स्थगित

स्पोर्ट्स अवार्ड स्थगित

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

Bhat Bhateni
नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु