एम्बेसडर र नारायणी च्याम्पियन
गोरखा। एम्बेसडर र नारायणी फुटबल क्लब, नारायणगढले १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेका छन्।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा सोमबार सम्पन्न फाइनलमा गर्ल्सतर्फ एम्बेसडर र ब्वाइजतर्फ नारायणी च्याम्पियन बनेका हुन्। उपाधिसँगै नारायणीले २५ हजार रुपैयाँ प्राप्त गर्यो। एम्बेसडरले भने प्रमाणपत्र र मेडल प्राप्त गर्यो।
महिलातर्फको फाइनलमा एम्बेसडरले हिल्ली फिल्डर्स गोरखा एफसीलाई २–१ ले पराजित गरेको हो। एम्बेसडरलाई उपाधि दिलाउन अम्बिका सुनार र पूजा सुनारले समान एक गोल गरे। हिल्लीका जेनिशा खत्रीले गरेको गोल सान्त्वना रह्यो।
ब्वाइजतर्फ भने नारायणीले नव जागृती भेट्रान्स क्लबलाई ४–१ ले पाखा लगाएको हो। नारायणीलाई जित दिलाउन रिजन घलेले ह्याट्रिक गरे। यस्तै, रोमश थापाले एक गोल थपे। नव जागृतीका शैफुल्ला मियाँले गरेको गोल सन्त्वना रह्यो।
उपविजेता दुवै टोलीले १५ हजार रुपैयाँमा चित्त बुझाए। प्रतियोगिताकफ उत्कृष्ट खेलाडी नारायणीका सज्जन कार्की घोषित भए। उत्कृष्ट गोलकिपर भने हिल्लीका संगम खत्री रहे।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


