गोरखा। नारायणगढ फुटबल क्लबले १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा शनिबार सम्मपन्न खेलमा नारायणगढले आफ्नो दुवै खेलमा जित हात पारेको हो। जारी लिगमा नारायणगढको यो पाँचौं जित हो।
चौथो खेलमा नारायणगढले नव जनजागृति क्लबलाई ३–० ले पराजित गर्यो। नारायणगढको जितमा साजन कार्कीले दुई र रिजन घलेले एक गोल गरे। अर्को खेलमा नारायणगढले कटारी टाइगर फुटबल क्लबमाथि १–० को कठिन जित हात पार्यो। यो खेलमा रिजनले गरेको गोल नै निर्णायक बन्यो।
अन्य खेलमा पटिहानी फुटबल क्लबले हिल्ली फिल्डर्स गोरखा एफसीलाई ४–१, श्री लक्ष्मी सामुदायिक शिक्षा सदनले आयोजक द ओसन क्लबलाई २–०, थ्री स्टार क्लबले पटिहानीलाई ४–०, समाज कल्याण खेलकुद केन्द्र क्लबले जि एन्ड ए एकेडेमीलाई ३–१, हिल्लीले थ्री स्टारलाई ३–० र नव जनजागृती क्लबले कटारीलाई १–० ले पराजित गर्यो।
द ओल्ड क्यापिटल माविले भने समाज कल्याणसँग १–१ को बराबरी खेल्यो। गर्ल्सतर्फ हिल्लीले रत्नप्रिया क्लबलाई २–० ले सहजै पाखा लगायो।