बागमती प्रदेश अल्पाइन स्पोर्ट्स फेडरेसनको अध्यक्षमा श्रेष्ठ

काठमाडौं। बागमती प्रदेश अल्पाइन स्पोर्ट्स फेडरेसनको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्। फेडरेसनको प्रथम वार्षिक साधारण सभाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै, उपाध्यक्षमा विजय थापा, सचिवमा विकास लामा, कोषाध्यक्षमा गोविन्द गुरुङ र सदस्यमा थुप्तेन लामा निर्वाचित भएका छन्। जम्मा नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष एक र सदस्य एक अध्यक्षले मनोनयन गर्ने र दुई जना सदस्य बागमती प्रदेश खेलकुद विकास परिषदले तोकेको प्रतिनिधि सदस्य हुने व्यवस्था छ।
अमृत श्रेष्ठलाई उपाध्यक्ष र मनीषा बुढालाई सदस्यमा थप गरी कुल सात सदस्यीय प्रदेश महासंघको कार्यसमिति घोषणा गरिएको छ।
बागमती प्रदेश खेलकुद विकास परिषद्की सदस्य दीप्ति क्षेत्री, अल्पाइन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराई, रग्बी संघका महासचिव गोविन्द घिमिरे र महासंघका उपाध्यक्ष रोमनाथ ज्ञवालीलगायतले निर्वाचित कार्यसमितकालाई बधाई र शुभकामना दिएका थिए।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


