काठमाडौं। केही दिन अगाडि मात्रै अपत्याशित सन्न्यास लिएका १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता विप्लभलाल श्रेष्ठ अस्ट्रेलिया फर्किएका छन्।
नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करातेबाट उनले बुधबार सन्न्यास लिएका थिए।
उनी अस्ट्रेलियामै बस्दै आएका थिए। तर, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नेपाल फर्किएको उनको भनाइ छ। यद्यपि, अध्यक्ष लामाको व्यवहारप्रति चित्त नबुझेर सन्न्यास लिएको बताएका थिए। उनी शुक्रबार अस्ट्रेलिया फर्किएका हुन्।