काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता विप्लभलाल श्रेष्ठले सन्न्यास लिएका छन्।
नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय करातेबाट बुधबार सन्न्यास लिएका हुन्।
उनी अर्को साता अस्ट्रेलिया पलायन हुने भएका छन्। ‘मलाई कराते छाड्न मनै नै थिएन। एकदमै मन नभएर यो छाड्न चाहँदैछु,’ उनले भने।
उनी अस्ट्रेलियामै बस्दै आएका थिए। तर, १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नेपाल फर्किएको उनको भनाइ छ। यद्यपि, अध्यक्ष लामाको व्यवहारप्रति चित्त नबुझेर सन्न्यास लिएको बताए।
‘मेरो आफ्नै करियर राम्रै भइरहेको थियो। त्यसैले मेरो करिअरलाई अझै लामो लैजान्छु भन्ने थियो। तर, महासंघले मप्रति व्यवहार राम्रो गरेन। मसँग हारेको खेलाडीलाई मिसन २०२६ मा राखियो। तर, मलाई राखिएन। यो लगायत धेरै कुरामा चित्त दुखाइ भएको कारण कराते छाड्न लागेको हुँ,’ उनले भने।