महिला राष्ट्रिय कबड्डीमा कर्णालीलाई दोहोरो जित
-1741970917.jpg&w=3840&q=75)
काठमाडौं। कर्णाली प्रदेशले २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको पहिलो दिन दोहोरो जित हात पारेको छ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा प्रतियोगिता सुरु भएको हो। समूह ‘ए’ मा रहेको कर्णालीले पहिलो खेलमा गण्डकी र कोशी प्रदेशलाई पराजित गर्दै सानदार सुरुआत गरेको छ।
कर्णालीले पहिलो खेलमा गण्डकीलाई ५१–२६ ले हरायो। अर्को खेलमा कोशीमाथि ५९–२९ को सहज जित निकाल्यो। दुवै खेलमा विनिता पण्डित क्षेत्री प्लेयर अफ द म्याच बनिन्।
यही समूहको विभागीय डर्बीमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई २९–२१ ले हराउँदै सुखद् सुरुआत गर्यो। अर्को खेलमा पुलिसले कोशी प्रदेशलाई ५८–२७ ले हराउँदै प्रतियोगितामा पुनरागमन गरेको छ।
पहिलो दिनै भएको समूह‘ बी’ को खेलमा एपिएफले सुदूरपश्चिमलाई ६५–२३ ले हरायो। सुदूरपश्चिमले आफ्नो दोस्रो खेलमा बागमती प्रदेशलाई ३३–२९ हराउँदा बागमतीले पनि लुम्बिनीलाई ४२–३४ ले पाखा लगाउँदै पहिलो जित दर्ता गर्न सफल भयो।
लुम्बिनीले आफ्नो दोस्रो खेलमा मधेशलाई ४२–३२ ले हराउँदै प्रतियोगितामा पुनरागमन गर्न सफल भयो।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


