राष्ट्रिय महिला कबड्डी शुक्रबारदेखि
बिहिबार, फागुन २९, २०८१खेलपाटी संवाददाता

काठमाडौं । २० औं संस्करणको राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।
नेपाल कबड्डी संघको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी छन् ।
प्रतियोगिताको समूह एमा नेपाली सेना, नेपाल प्रहरी, कोशी प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा समूह बीमा सशस्त्र प्रहरी, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेश सहभागी छन् ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रो हुनेले १ लाख र सेमिफाइनल पुग्ने दुई टिमले ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट रेडर र डिफेन्डरलाई ४० इन्चको टिभी प्रदान गरिनेछ ।
प्रत्येक खेलको म्यान अफ दी म्याचले २५ सय रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताबाट जुनमा हुने विश्वकपका लागि खेलाडी समेत छनोट गरिने संघका महासचिव अरबिन्दकुमार झाले बताए ।
#राष्ट्रिय महिला कबड्डी






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


