दुई दशकपछि नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पदक
शनिबार, फागुन २४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसियन महिला कबड्डी च्याम्पियनसिपमा दुई दशकपछि पदक जितेको छ।
इरानमा जारी छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीले कांस्य पदक हात पारेको हो।
सेमिफाइनलमा भारतसँग नेपाल ५६–१८ ले पराजित भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिए।
‘जुन समूहको टिम पहिलो भयो र त्यो समूहको जुन टोली तेस्रो हुन्छ वरीयता पनि तेस्रो नै हुन्छ। हाम्रो समूहमा भारत थियो। भारत पहिलो हुँदा हामी तेस्रो भयौं। अर्को समूहमा इरान र बंगलादेश थियो। फाइनलमा भारतसँग इरान पराजित भयो। त्यसैले इरान दोस्रो हुँदा बंगलादेश चौथो भयो,’ उनले भने।
एसियन महिला कबड्डी च्याम्पियनसिप सन् २००५ मा भारतबाट सुरु भएको थियो।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


