गौशाला। १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगितामा बागमती प्रदेशका सुजल महर्जन र बबिता कार्की च्याम्पियन बनेका छन्।
नेपाल बुदोकैदो फुल कनट्याक्ट कराते संघको आयोजनामा महोत्तरीको गौशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा पुरुषतर्फ सुजल र महिलातर्फ बबिता च्याम्पियन बनेका हुन्। यी दुवै खेलाडीले ले नगद १५ हजार रुपैयाँ प्राप्त गरे
सात प्रदेशका तीन सय खेलाडी सहभागी रहेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ आठ समूहका खेल भएका थिए। ३० केजी पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका किरण भण्डारी प्रथम हुँदा सुदूरकै राम विकसँग दोस्रो भए।
३५ केजी पुरुषतर्फ मधेस प्रदेशका ब्रह्मदेव महतो, ४० केजी पुरुषतर्फ सुदूरका खगेन्द्र विष्ट प्रथम र सुदूरकै दीपेश भट्ट दोस्रो भए। ४५ केजी पुरुषतर्फ सुदूरपश्चिम प्रदेशका वासुदेव खडायल,५० केजीमा बागमतीका शशीप्रसाद विक र ५५ केजी बागमतीकै राम शाही प्रथम भए।
यस्तै, पुरुष ६० केजीतर्फ बागमतीका साइरस भुजेल प्रथम हुँदा मधेसका नवीन सिंह ठगुन्ना दोस्रो भए। पुरुष खुला सुजल महर्जन पहिलो भए।
यस्तै, महिला ३५ केजीतर्फ गण्डकी प्रदेशकी क्रिस्टिना बस्नेत प्रथम हुँदा बागमतीकी गंगा मोक्तान दोस्रो भइन्।