दुई कप्तानसहित पाँच खेलाडीलाई ‘आइजी कमेन्डेसन’ अवार्ड
सोमबार, फागुन १२, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सशस्त्र प्रहरी बलले नेपाली राष्ट्रिय टोलीका दुई कप्तानसहित पाँच खेलाडीलाई ‘आइजी कमेन्डेसन’ अवार्ड प्रदान गरेको छ।
खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बा र नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहितका खेलाडीलाई अवार्ड प्रदान गरिएको हो।
यी दुईबाहेक नेपाली राष्ट्रिय महिला टोलीकी स्टार फरवार्ड सावित्री भण्डारी ‘साम्बा’, क्रिकेटर बलर कमलसिंह ऐरी र ब्याडमिन्टनका प्रिन्स दाहालले अवार्ड हात पारे।
सशस्त्रले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई यो अवार्ड प्रदान गर्दै आएको छ।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

