शुक्रबार, ०८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन डुओ चेस आइतबार

शुक्रबार, ०९ फाल्गुण २०८१खेलपाटी संवाददाता
हिमालयन डुओ चेस आइतबार
Loading ad...
mustang rice ad

काठमाडौं। हिमालयन चेस एकेडेमीले व्यक्तिगत खेलमा पनि टिम भावना बढाउने उद्देश्यले ‘हिमालयन डुओ’ र्‍यापिड चेस आइतबार आयोजना गर्ने भएको छ।

एकेडेमीको थापालीस्थित चेस हलमा सञ्चालन हुने प्रतियोगितामा दुई खेलाडी समावेश एक टिममा एक रेटेड र एक अनरेटेड खेलाडी हुनुपर्ने प्रावधान छ।

परिवारका सदस्य, नातेदार, साथीभाइ, क्लासमेट, गुरु–चेलाको टिमले प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्। स्वीस प्रणालीअनुसार ५ राउन्डमा सञ्चालन हुने एक दिने प्रतियोगितामा समय १० मिनेटसँगै १० सेकेन्ड इन्क्रिमेन्ट तोकिएको छ।

हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बू भन्छिन्, ‘जुनसुकै उमेरकाले खेल्न सक्ने चेस व्यक्तिगत खेल हो। तर, मानिसलाई जीवन सहज र राम्रो बनाउनका लागि सामूहिक भावना आवश्यक हुन्छ। त्यसैले चेसमा पनि टिम भावना बढाउने उद्देश्यले हिमालयन डुओ आयोजना गर्न लागिएको हो।’ नेपाल बुद्धिचाल महासंघकी उपमहासचिवसमेत रहेकी उनी नेपालकी पहिलो महिला राष्ट्रिय चेस च्याम्पियन हुन्।

प्रतियोगिता संयोजक प्रयुक्ता केसी भन्छिन्, ‘फेब्रुअरी इज द मन्थ अफ लभ तर मान्छेहरूले रोमान्टिक पार्टनरलाई मात्रै सेलेब्रेट गर्छ भने हामी परिवार, साथीभाइको लभलाई पनि सेलेब्रेट गर्न हिमालयन डुओ आयोजना गर्दैछौं। उनका अनुसार बढीमा १४ टिमलाई सहभागी गराइनेछ, जसमा आठ टिम दर्ता भइसकेका छन्। टिम दर्ताको लागि अन्तिम दिन शनिबार तोकिएको छ।

गत वर्ष स्थापित हिमालयन चेस एकेडेमीको पाँचौ प्रतियोगिता हो हिमालयन डुओ। उसले यसअघि एसइई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी र प्यट्रिओटिक पन च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरिसकेको छ।

एकेडेमीले १ सय बढीलाई चेसको नियमित ट्रेनिङ दिनुकासाथ स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि

एन्फा निर्वाचन फेरि स्थगित

एन्फा निर्वाचन फेरि स्थगित

लिटिल एन्जल्सलाई लोयल्टी कप

लिटिल एन्जल्सलाई लोयल्टी कप

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

तेजस्वी कप अन्तरविद्यलय बास्केटबल आइतबारदेखि

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

शब्द चिन्तन फाइनलमा, चापाकोट अयोग्य घोषित

जय ट्रफीमा भीमको अर्धशतक

जय ट्रफीमा भीमको अर्धशतक

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

आफ्नै घाँटी निमोठेको अस्ट्रेलिया

माडीले जित्यो पीएफसी इमर्जिङ् कप

माडीले जित्यो पीएफसी इमर्जिङ् कप