यु–२० महिला रग्बीको सेमिफाइनल समीकरण पूरा
मंगलबार, फागुन ६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ।
मंगलबार समूह चरणको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो। समूह ए बाट विजेता बन्दै नेपाल महिला रग्बी क्लब र उपविजेता बन्दै बागमती प्रदेश सेमिफाइनल प्रवेश गरेको छ।
समूह बी बाट सैलेश युथ क्लब समूह विजेता र कर्णाली प्रदेश उपविजेताको रूपमा अन्तिम चारमा प्रवेश गरेको छ।
अब फाइनल प्रवेशका लागि नेपाल महिला रग्बी क्लबले कर्णाली प्रदेश र सैलेश युथ क्लब कोशीले बागमती प्रदेशसँग खेल्नेछन्।
प्रतियोगिताको विजेताले ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ।
उपविजेता टिमले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबकी अध्यक्ष एलिसा थापाले जानकारी दिएकी छन्।






-1762154705887.png&w=3840&q=75)

copy-1761474438174-1761833912550.avif&w=3840&q=75)


-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

