मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

ई-स्पोर्ट्स च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीको लाग्यो टुंगो

मंगलबार, ०६ फाल्गुण २०८१खेलपाटी संवाददाता
ई-स्पोर्ट्स च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीको लाग्यो टुंगो
Loading ad...
mustang rice ad

काठमाडौं। ई–स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुने दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहरुको टुंगो लागेको छ।

आयोजकले छनोट चरण, समूह चरण र प्लेअफ खेलाएर अन्तिम चरणमा खेल्ने टिमको टुङ्गो लगाएको हो। जसअनुसार पब्जी मोइबलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन्। प्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष १६ टिम अन्तिम चरणका लागि छानिएका हुन्।

यस्तै मोबाइल लेजेण्ड्समा दुई टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्। यस विधामा हमिङ बर्ड्स र औराले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी भ्यालोरेन्ट र डोटा टु मा ३–३ टिम अन्तिम चरणमा छनोट भएका छन्। डोटा टु मा किर्तिपुर, स्नेक हारु र एभेन्जर्स अन्तिम चरणमा छनोट भएका छन् भने भालोरेन्टमा नो टक ओनली किल, अरकान र काल्म डाउने अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्।

ई–फुटबलमा अन्तिम चरणमा १६ खेलाडी छनोट भएका छन्। पब्जीमा अन्तिम चरणमा छनोट भएका १६ टिमहरूमा लियो ई–स्पोर्ट्स, डिआरएस गेमिङ, रोएल गुर्खाज ई–स्पोर्ट्स, टि टु के ई–स्पोर्ट्स, रोयल ड्रागन ई–स्पोर्टस, हइन ई–स्पोर्ट्स, फोर योन्को लक्की क्याट, ड्रिम टु डेस्टिनेसन, ट्राइब एरोमेसी, आरसी ३२ ई–स्पोर्ट्स, फोर डेथ मेसिन, सोल्टी स्क्वाड, दाइ ई–स्पोर्ट्स, नेप्क्स, जुट्टी स्क्वाड, फ्युचर एलिएन्स छन्।

त्यस्तै ई–फुटबलमा अन्तिम चरणमा छनवट भएका १६ खेलाडीमा राजेश बिसी, आशुतोष विक्रम कार्की, प्रियम मगर, हृज्वान श्रेष्ठ, स्वप्निल अधिकारी, अनिश श्रेष्ठ, बुद्धिबहादुर भट्टराई, सन्दीप गोले तामाङ, निमेश श्रेष्ठ, उदिप महर्जन, सन्देश थापा, वियज लामा तामाङ, अमन रायमाझी, दावा नोर्बु शेर्पा, विशाल राई, दिपक भट्टराई छन्।

फ्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष १६ टिम अन्तिम चरणका लागि छनोट भएका हुन्। उनीहरू ल्यान इभेन्टमा खेल्नेछन्। प्लेअफमा प्रतिस्पर्धा गरेका ८ टिम भने बाहिरिए।

दोस्रो ई–स्पोर्ट्स नेशनल च्याम्पियनसिपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले विधामा प्रतिस्पर्धा हुनेछ। ई–फुटबलमा २ हजार ५१९ जनाले नाम दर्ता गराएका थिए भने पब्जी मोबाइलमा १ हजार ३९ टिम, मोबाइल लेजेण्ड्समा २८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका थिए।
क्वालिफायर र प्लेअफका खेलहरु अनलाइनमा गराएको आयोजकले अन्तिम चरणको खेलहरु भने मात्र भौतिक रुपमा (ल्यान इभेन्ट) गर्दैछ।

च्याम्पियनसिपको अन्तिम चरणको खेल भने आगामी फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिनेछ।

अन्तिम चरणमा पब्जीमा १६ टिम, ई–फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३–३ टिम तथा मोबाइल लेजण्ड्समा २ टिम प्रतिस्पर्धा गर्नेछन्। यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन्।

च्याम्पियनसिपको कुल पुरस्कार राशि २५ लाख रहेको छ। जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ। हरेक इभेन्टको पुरस्कार राशी फरक हुनेछ।

जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रुपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ। जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन्। यस्तै दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन्। यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन्।

यस्तै मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ। जसमा विजेताले १ लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले १ लाख ४ हजार पाउनेछन्। यसमा शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन्। यस विधामा पनि एमभीपीले नगद पुरस्कार पाउनेछन्।

भ्यालोरेन्टमा ३ लाख, ई–फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ।

भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने इफुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार पाउनेछन् भने इ फुटबल र कसप्लेमामा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउनेछन्। मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

बैशाखको तेस्रो सातादेखि पोखरा महिला गोल्डकप

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

प्रीतिले क्यान्बोडियन लिग खेल्ने

पथरी–११ सेमिफाइनलमा

पथरी–११ सेमिफाइनलमा

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

एनपीएलको दोस्रो संस्करणको नाफा ९ करोड २१ लाख

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

युवराज चम्किँदा सुदूरपश्चिमले शीर्षस्थान गुमायो

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

आर्मीको पाँचौं जितमा अर्जुनको शतक

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

सिटी छाड्दै कप्तान सिल्भा

सिटी छाड्दै कप्तान सिल्भा