पहिलो खेलमा बागमती र गण्डकी प्रदेश भिड्दै
मंगलबार, फागुन ६, २०८१खेलपाटी संवाददाता
-1739269029.jpeg&w=3840&q=75)
काठमाडौं। बागमती यु–२० महिला सेभन्स रग्बी च्याम्पियनसिपको पहिलो खेलमा बागमती र गण्डकी प्रदेश भिड्ने भएका छन्।
भक्तपुरस्थित मध्यपुर युथको मैदानमा सोमबारदेखि सुरु हुने प्रतियोगितामा यी दुई टोली भिड्न लागेका हुन्।
यस्तै, दोस्रो खेलमा आयोजक नेपाल महिला रग्बी क्लबले मधेश प्रदेशलाई चुनौती प्रस्तुत गर्नेछ। अर्को खेलमा भने हिमालयन टाइगर्स र सलेश युथ क्लब भिड्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहेको छ। यी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा बागमती, गण्डकी र मधेश प्रदेशसँगै आयोजक टोली छ।
अर्को समूहमा सुदूरपश्चिम प्रदेश, कर्णाली रग्बी, सलेश र हिमालयन छ। प्रतियोगितामा सोमबार र मंगलबार चल्ने छ।







-1762154705887.png&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)